मुस्लिम समुदायले हजरत मुहम्मदको १४९४ औ जन्मोत्सव मनाउँदै

अनलाईन वाणगंगा कपिलवस्तु, २४ कार्तिक 

इस्लाम धर्मका प्रवर्तक ह मुुहम्मद मुस्ताफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९४ औ जन्मोत्सवमा देश भरिका मुस्लिमहरु धुमधामका साथ मनाउदै छन ।

कपिलवस्तुमा मुस्लिमहरुले र्याली निकाली हर्सौउल्लासका साथ वसल्लमको जन्मउत्सव मनाएका छन । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको र्याली कपिलवस्तु जिल्लाको कृष्णनगर, चन्द्रौटा, पकडी, तौलिहवा लगायातका बिभिन्न ठाँउ ठाँउमा परिक्रमा गरेका छन ।

त्यसतै गरि कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा लाखौ भन्दा बढि मुस्लिमहरुले रयालि निकाली तौलिहवा बजार भरि परिक्रमा गरि तौलिहवाको खेल मैदानमा आएर कोणसभामा परिणत भएको थियो । स्थानीय युवाहरु तथा अग्रज व्यक्तित्व, बालबालिकाहरुको सहभागितामा वृहत रयाली निकालीएको थिए ।

इस्लामिक क्यालेण्डरको तेस्रो महिना वसल्लमको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि जन्मउत्सव शदियौ देखि मनाइउदै आईरहेका छन ।

नेपाल सरकारले कार्तिक २४ गते आईतबार (मोहम्मद डे) मुस्लिम धर्मालम्बीको १२ रब्बिअवलको अवसरमा सार्वजनिक विदा काटिदिएकोमा कपिलवस्तुका मुस्लिम धर्मावलम्बीहरु नेपाल सरकार प्रति अक्रोशित भएका छन ।

सरकारले मुस्लिम समुदायहरुको महान चाड पर्बहरु ईद—उल—फित्र (ईद), ईद—उल—अजह (बकरा ईद), पैगम्बर मोहम्मद स.वो जन्म जयन्ती ९ १२ रबि—उल—अव्वल ), सब—ए—बरात, मोर्हरम समेतको चाड पर्ब सार्बजनिक बिदा नगरी मुस्लिम समुदायको हरेक निकायमा पहिचान सहितको समानुपातिक समाबेशी संबैधानिक हक अधिकार कुन्ठित हुने गरी भेदभाव प्रष्ट देखिएको हुदा संबिधानको र्मम मनसाय अनुरुप मुस्लिमहरुको छुट्टै पहिचान सहितको आरक्षणको ब्यवस्था गरी नेपाल सरकारले उक्त बिदाहरु संघिय सरकार र प्रादेशिक सरकार द्धारा सार्वजनिक सुचिमा राखी समाबेश गरी भन्ने माग समेत गरेका छन ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...