जापानी नागरिक ओकेबाजेलाई भैरहवाद्धारा शिक्षा पुरस्कार प्रदान

अनलाईन वाणगंगा कार्तिक २४, 

करीब तीन दशकदेखि पाल्पाको ग्रामीण क्षेत्रमा रहेर निरन्तर सामाजिक सेवामा क्रियाशील जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) लाई शनिबार भैरहवामा पुरस्कृत गरिएको छ ।

उनले पाल्पा जिल्लामा रहेर शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै स्वरस्वती दशरथ भट्ट स्मृति शिक्षा पुरस्कार गरिएको हो । साहित्यकार तथा उच्च अदालत बुटवल इजलासका प्रमुख न्यायाधीश शेषराज सिवाकोटीले सम्मान गर्दै शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरे ।

चिकित्सक गोविन्दबल्लभ भट्टले स्थापना गरेको उक्त पुरस्कार ओकेबाजेलाई शहीद स्मृति पुस्तकालयको १८औँ वार्षिकोत्सवको अवसरमा समर्पण गरिएको हो ।

ओकेबाजेले पाल्पा जिल्लाका १८० भन्दा बढी विद्यालय एवं विभिन्न सङ्घसंस्थाको श्रीवृद्धिमा पु¥याएको योगदान अतुलनीय रहेकाले उनलाई पुरस्कृत गरिएको वरिष्ठ साहित्यकार वनमाली निराकारले बताए । शहीद स्मृति पुस्तकालयका अध्यक्षसमेत रहनुभएका निराकारले जापानी नागरिकले पाल्पामा गरेको कर्मलाई भैरहवाले सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

पुरस्कार ग्रहणपश्चात ओकेबाजेले नेपालले आफूलाई धेरै कुरा सिकाएको बताए । नेपालको संस्कृति संसारकै अनुकरणीय संस्कृति भएको भन्दै आफूसँग भएको चिज बाँडेर खानुपर्दछ भन्ने संस्कार आफूले नेपालमै सिकेको उनको भनाइ थियो ।

उहाँले जापान जन्मथलो भएतापनि नेपालले कर्म गर्न सिकाएको भन्दै नेपालीको माया र सम्मानले झनै उत्साहित बनाएको बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...