Archives


प्राचिन अस्तित्व बोकेको महाकालेश्वर मन्दिरको उद्घाटन

रामबहादुर गन्धर्व कात्तिक २४ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ अमौलीकोट सोहिलवा स्थित प्राचिन ॐश्री महाकालेश्वर मन्दिरको आईतबार औपचारीक उद्घाटन गरिएको छ । मन्दिरको उद्घाटन सँगै मूर्ति स्थापना पनि गरीएको छ । प्राचिन बुद्ध सँग सम्बन्धित धेरै तथ्यहरु सँग जोडिएको सो मन्दिर अहिले सम्म विभिन्न कारणले ओझेलमा पर्दै आएको थियो । महाकालेश्वर पर्यटकीय स्थलको रुपमा रहेको भएता पनि विभिन्न कारणले अहिले सम्म ओझेलमा परेको कार्यक्रममा सहभागि वक्ताहरुले वताएका छन् । २९ वर्ष सम्म भगवान गौतम बुद्धले समय विताएको स्थान र राजा शुद्धोधनले राज गरको ठाउँ एवम् थारु समुदायको बाहुल्यता भएको हुँदा सास्ंकृतिक रुपमा समेत महत्वपूर्ण स्थानको रुपमा रहेको कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदनका प्राचार्य एवम् समाजसेवी ठाकुर प्रसाद पोख्रेलले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमूख अतिथि एवम् प्रदेश सभा सदस्य विष्णु पन्थीले कपिलवस्तु जिल्ला खुल्ला संङग्राहलय भएको बताउँदै जनताको पहल भएमा प्रदेश स्थानि एवम तीनै सरकार मिलेर विकासका लागि लागिने प्रतिबद्धता जनाउनुभयो ।
यसैबिच मन्दिरलाई सहयोग गर्ने जग्गादाता एवम विभिन्न किसिमले सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान समेत गरीएको छ । कार्यक्रममा स्थानिय बृद्ध एवम् समाजसेवी रामलाल पोख्रेलको अध्यक्षता रहेको थियो भने वडा नम्बर ६ का वडा अध्यक्ष सुकदेव थारु र पूर्व सासंद विश्राम प्रसाद थारुको विशिष्ठ आतिथ्यता रहेको थियो ।

शिद्धार्थ क्याम्पस स्ववियु सभापति शुसिल खत्री, समाजसेवी युवराज पोख्रेल, शंकर पाण्डे, वडा नम्बर ६ का जनप्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय कोपवाका प्रमूख यानबहादुर कुवँर, पत्रकार तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरुको आतिथ्यता रहेको कार्यक्रम समाजसेवी रामप्रसाद भुषालको स्वागत एवम् लक्ष्मणघाट वोलवमधामका सचिव प्रकाश भुषालको संचालनमा सम्पन्न भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...