एउटै व्यारबाट सिद्धार्थ क्याम्पसका विद्यार्थी संगठनहरुद्धारा भारतिय नक्साको विरोध

वाणगंगा अनलाईन कपिलवस्तु कात्तिक २४,

देशव्यापि रुपमा भारतले नेपालको भूमि कब्जा गरको विषयमा विरोध भईरहेका बेला कपिलवस्तुको वाणगंगा नगरपालिकामा पनि विरोध पर्दशन भएको छ । लिपुलेक,कालापानी र लिम्पियाधुरा सम्म भारतले आफ्नो नक्सा बनाएको विरोध स्वरुप सिद्धार्थ क्याम्पस बुङची स्वतन्त्र विद्यार्थी युनियनले विरोध जनाएको हो ।

संयुक्त विद्यार्थी सङघर्ष समितिले क्याम्पसबाट सुरु गरेको विरोध ¥याली चार नम्बर जितपुर चोकसम्म पुगी कोण सभामा परिणत भएको थियो । विरोध सभामा विभिन्न संकायका विद्यार्थीहरु सँगै स्ववियु विद्यार्थी नेता,प्रध्यापक लगायत आम सर्वसाधरणको समेत सहभागिता रहेको थियो । विरोधमा उत्रिएका विद्यार्थीहरुले गो ब्याक इंडिया,भारतीय साम्राज्यवाद मुर्दावाद, दलालहरु होसियार,हाम्रो भूमि फिर्ता गर,सिमा अतिक्रमण बन्द गर लगाएतका नारा सहितका प्लेकार्डहरु हातहातमा लिएका थिए ।

काणसभालाई सम्बोधन गर्दै अखिलक्रन्तिकारीका जिल्ला सदस्य सुसिल परियारले देशका लागी सम्पुर्ण युवा नेतृत्व एक भएर अघि बढ्नु पर्ने र रगतको खोला बगाउनुपर्ने अवस्था आए पनि पछि नहट्ने बताउनुभयो । त्यस्तै नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेलले विगतका दिनहरुमा आ आफना पार्टीगत नाराहरु आत्मासात गरि अघि बढेता पनि सिमा विवादको मुद्धामा एक भएर अघि बढनु पर्नेमा जोड दिनुभयो ।

क्याम्पसका स्ववियु सभापति सुसिल खत्रीले भारतसंग प्रविधियुक्त हातहतियार भएता पनि गोर्खालीहरु विगतका दिनहरुमा मात्र खुकुरीको भरमा लडेर विजय हासिल गरेको कहिल्यै विर्सन नहुने बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...