Archives


सैना मैनाले वन संरक्षकको लागि नमुना योजना साबित हुने : गिरी

सैनामैना,२४, कार्तिक

रुपन्देहीको सैनामैना नगरपालिकाले बन जंगलको संरक्षणको लागि गस्ती सुरु गरेको छ । आईतबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि चुरे तथा सामुदायिक बनमा गस्ती परिचालनको सुरुवात गरिएको हो । बन जंगलमा अबैध चोरी बढेपछि नगरपालिकाले प्रहरी र सामुदायिक बन, जिल्ला बन कार्यालयसँगको समन्वयनमा संयुक्त रुपमा गस्ती सुरु गरेको हो ।

प्रदेश ५ का उद्योग पर्यटन , बन तथा वातावरण मन्त्री लिला गिरीले सैनामैना नगरपालिकाले बन जंगलको संरक्षणको लागि ल्याएको योजना नमुना भएको वताउनु भएको छ । बनलाई ब्यवस्थित गर्दै बनबाट फाईदा लिन सकिने उहाँको भनाई छ । बनको मनोरमता , हरियालीबाट पर्यटन ब्यवसाय फस्टाउन सकिने बताउँदै मन्त्री गिरीले बनबाट आर्थिक उपार्जनका क्रियाकलाप सञ्चालन गर्न सकिने बताउनु भयो । बनमा चिउरी रोपेर चिउरीको घिउको उत्पादन लिन सकिने सम्भावना रहेको उहाँको भनाई थियो ।

सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले बनमा चोरी नियन्त्रण गर्न र बनको संरक्षणको लागि बन प्रवेशमा रोक लगाईएको बताउनु भयो । बनमा बिना अनुमती प्रवेश गर्न नपाईने बताउँदै संयुक्त गस्तीबाट अबैध काठ तस्करी रोकिने दाबी गर्नु भयो ।

जंगलमा काडे तार लगाउँन नगरपालिकाले सुरु गरेको बताउदै कार्कीले जिल्ला बन कार्यालय , प्रहरी , सामुदायिक बन र नगरपालिका मिलेर संयुक्त रुपमा बन क्षेत्रको अनुगमन गरिने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभाका सदस्य भूमिश्वर ढकाल, नगर उपप्रमुख बिना राना ,डिभिजन बन अधिकृत ईन्द्र बहादुर पछाई, नेकपाका नगर संयोजक नारायण न्यौपाने , नेपाली कांग्रेसका नगरसभापति रामप्रसाद अधिकारी लगायतले बोल्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...