Archives


उपनिर्वाचनका लागी शिवराजमा सर्वदलिय वैठक बस्यो

कपिलवस्तु कार्तिक २५,

मंसिर १४ गते हुने उपनिर्वाचनका लागी सोमवार कपिलवस्तुको शिवराज नगरपालिका वडा न १० मा सर्वदलिय सर्वपक्षीय वैठक बसेको छ । मंसिर १४ मा हुने उपनिर्वाचनमा शिवराज नगरपालिकाको वडा नं. १० लालपुरमा अध्यक्ष पदका लागी हुने निर्वाचन स्वच्छ,स्वतन्त्र ,निश्पक्ष र विश्वासनिय तवर वाट सम्पन्न गर्नुपर्नेमा राजनितिक दलहरुले सुझाव दिएका छन । निर्वाचन आचारसंहिता २०७२ र स्थानिय तहको निर्वाचन आचारसंहिता २०७३ (संशोधन समेत) को पुर्ण पालना गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधिस लोकजंग शाहले बतानुभयो । चुनाव लाई स्वच्छ,निश्पक्ष बनाउन आम नागरिकको भुमीका हुने भएकाले सुरक्षाको ग्यारेन्टी प्रशसनले गर्ने प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले वताउनुभयो । कार्यक्रममा निर्वाचन सम्वन्धि आचार संहित तथा निर्वाचनको कार्यक्रमको तालिकाको वारेमा जानकारी दिइएको छ । वडा नं. १० को निर्वाचनमा मनोनय पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन कार्तिक २७ गते, उम्मेदवारको विरोधमा उजुरी दिने कार्तिक २८ गते, मनोनय पत्र र उजुरी उपर जाचबुझँ कार्तिक २९ गते, मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन कार्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने कार्तिक ३० गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्तिक ३० गते,उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान मंसिर १ गते र मतदान मंसिर १४ गते गर्ने कार्यक्रम रहेको छ ।

राप्रपाबाट मिश्राले उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पाटी शिवराज नगर समितिले अगामी मंसीर १४ ंगते वडा नं १० लालपुरमा हुने उप निर्वाचनको लागि उम्मेदवारको टुगंो लगाएको छ । राष्ट्रिय प्रजातन्त्र पाटी शिवराज नगर समितिको बैठकले बलीभद्र मीश्राको नाम उम्मेदवारका रुपमा सार्वजनिक गरको छ । नगर अध्यक्ष राम बहादुर रायमाझीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार चयन गरेको जनाएको हो । वडा अध्यक्ष सकुन्तलाको मृत्यु भएको कारण वडा न १० मा उपनिर्वाचन हुदैँ छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...