धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तराष्टि क्रिकेट रंगशाला निर्माण सहयोगआर्थ कपिलवस्तु जिल्लामा पनि सहयोग रकम संकलन अभियान सुरु गरिएको छ । चितवनमा निर्माण हुन लागेको सो रंगशालाको सहयोग गर्न जिल्ला सहयोग संकलनका लागि आज जिल्ला स्तरिय सहयोग समिति गठन गरिएको छ ।
बुद्धभुमि नगरपाकिलाको वडा नम्बर २ गोरुसिँगेमा आयोजित कार्यक्रमले सहयोग संकलन समितिको संयोजकमा विष्णु गैरेलाई चयन गरको छ । सह संयोजक रामचन्द्र अर्याल हुनुहुन्छ भने सदस्य सचिवमा कमल अधिकारी र कोषाध्यक्ष सन्तोष श्रेष्ठ रहनु भएको छ । त्यस्तै सहयोग संकलन समितिको सदस्यमा मोहन वेल्वासे , गणेश पोख्रेल, दधिराम न्यौपाने, बाबुराम रामाझि, हरिराम चौधरी, हरि अधिकारी र युवराज शर्मा रहनु भएको छ ।
गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कपिलवस्तुमा सहयोग संकलन गरिदैँ
वाणगंगा अनलाईन, कत्तिक २५ कपिलवस्तु
Prev Post
तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
