तरुण दल कपिलवस्तु सरकार र भारतका ज्यादती का विरुद्दमा संंघर्षमा उत्रने चेतावनी ।।

वाणगंगा अनलाईन

नेपाल तरुण दल जिल्लाकार्य समिती कपिलवस्तुले एक कार्यक्रमका बिच बिज्ञप्ती जारी गर्दै नेपालको लिपुलेकको बिषयमा नेपाल एक अविभाज्य सार्बभौंम सम्पन्न मुलुक भएकोले सदियौं देखी नेपालको छिमेकी राष्ट्रका रुपमा रहेका चिन र भारत संग चारै तिर सिमा जोडिएको हाम्रो देश पूर्खाहरुको त्याग र बलिदान बाट सम्भव रहेको अवगत नै छ ।

नेपालको छिमेकी राष्ट्र भारतले केही दिन अघि जारी गरेको आफनो नक्सामा नेपाल भित्र रहेका लिपुलेक ,लिम्पियाधुरा र कालापानी को भुभाग लाई आफनो नक्सा भित्र समेटी नेपाल र नेपाली को स्वाभिमान माथी आँच ल्याउने काम गरेको प्रति खेद प्रकट गरेको छ । बिज्ञप्तीमा भनिएको छ । यस घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
सन् १८१६ मा नेपाल र अङ्ग्रेजशासित भारत बिच सम्पन्न सुगौली सन्धिले किटान गरेका महाकाली पूर्वका भुभागहरु नेपालका हुन भन्ने व्यहोरा बाट ती सबै भुभाग नेपालको रहेको यर्थाथ कतै छिपेको छैन । यस यर्थाथ लाई कुल्चदै हेपाहा प्रवृतिको यस्तो घटना बाट सम्पुर्ण नेपाली दुःखी र आक्रोसित बनेका छन् । नेपाल सरकारले यस दुःखद घटनाको सन्दर्भमा भारत सरकार संग स्पस्ट कुरा गर्नु पर्छ । सिमा अतिक्रमणका विषयमा सार्थक परिणाम मुखी र दिगो समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्नु पर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।
सदियांै देखी छिमेकीको रुपमा आपसी सम्वन्ध सदभाव भाइचारा वन्धुत्वको अन्तराष्ट्रिय नियम र छिमेकी संग सम्मान पुर्ण व्यवहार गर्नु पर्दछ भन्ने हाम्रो मान्यता हो । आफनो अभिमान दुरव्यवहार अमानवता र असभ्यताले कसैलाई भलो नहुने र तत्काल यस्ता गलत कार्य वाट पछी हटी सही र सत्य तत्थ्य लाई अपनत्व गरी छीमेकी संगको सुमधुर सम्वन्ध कायम गरि अगाडी बढन अनुरोध गर्दछौं । अन्यथा यस कदममा नेपाल सरकारले पहल नगरी मुकदर्शक बनेमा हामी तरुण हरु यो सरकार र भारतका ज्यादती का विरुद्दमा संंघर्षमा उत्रने जानकारी गराउन चाहान्छौं । नेपाल तरुण दल जिल्ला कार्य समिती कपिलबस्तु सभापति शक्ति सिहं ठकुरीद्धारा बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...