६ जना युवाको आक्रमणबाट एक युवकको मृत्यु, पाँचजना पक्राउ 

असोज २३, २०७६ 

 

स्याङ्जाको हरिनास गाउँपालिका-५ बलिथुममा गएराति एक युवकको हत्या भएको छ। छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए। इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँचजनालाई पक्राउ गरिसकेको र एकजनाको खोजी कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए। घटनाका कारण भने खुल्न सकेको छैन।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...