सामुदायिक वनमा एकजना मृत फेला 

कात्तिक २६

गुल्मी  रेसुङ्गा नगरपालिका–५ मा एकजना मृत फेला परेका छन्। फोक्सिनी सामुदायिक जंगलमा ४५ वर्षीय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले जानकारी दिए।

२५ दिनदेखि सम्पर्कविहीन पाण्डे मंगलबार बिहान जंगलमा मृत फेला परेका हुन्। शव पोष्टमार्टका लागि गुल्मी अस्पतालमा ल्याइएको छ। घटनाबारे अनुसधान भइरहेको प्रहरीले बताएको छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...