मेयर सिंहद्धारा दुर्गा मन्दिरलाई १ लाख प्रदान

कपिलवस्तु

कपिलवस्तु नगरपालिकाका जन प्रतिनिधिहरुले दशै खर्च लिएको भन्दै नागरिकस्तरबाट बिरोध भईरहको बेला मेयर किरण सिंहले तौलिहवाको सागरटोलमा रहेको चन्द्रघन्ट दुर्गा मन्दिरलाई एक लाख रुपैया प्रदान गरेका छन । आफना स्वर्गीय आमा गुन्जेश्वरी देबी सिंहको नाममा अक्षय कोषकालागि उनले मन्दिरलाइ सो रकम प्रदान गरेका हुन ।

मन्दिरमा आयोजित कार्यक्रममा मेयर सिंहले मन्दिर ब्यवस्थापन समितका अध्यक्ष माधवराज शर्मालाई एक लाखको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले रकमले मन्दिर संचालनमा सहयोग मिल्न बिश्वास ब्यक्त गरे । दशै खर्च खाएको भन्ने नागरिक स्तरबाट बिरोध आएको कुरा आफले सुनेको बताए । उनले नगरपालिकाको कार्र्यपालिका बैठकले निर्णय गरी दशै खर्च लिएको बताए । ‘ नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय भएको हो त्यत्ति बेला कसैले बिरोध गरने अहिले केही साथीहरुले बिरोध गर्न कत्तिको जायज हो ’ उनले भने ।

पहिलो बर्ष सबै जन प्रनिनिधिहरुले दर्श खर्च खाएको र गत बाषर्् नलिएको उनले बताए । जिल्लाका अन्य पालिकाहरुका जन प्रतिनिधिहरुले समेत दर्श खर्च लिएको कुरा आफुलाई जानकारी आएको बताए । उनले लिएको दर्शै खर्चका बिषयमा कार्यपालिकाका साथीहरुसंग छलफल गरी आवश्यक निर्ण उलने बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...