स्वतन्त्र सेनानी कुवँरको ८६ वर्षको उमेरमा निधन ।। 

  राजेन्द्र खनाल  कात्तिक २६ कपिलवस्तु

स्वतन्त्र सेनानी संघ कपिलवस्तुका सभापति नन्दबहादुर कुवँरको आज ८६ वर्षको उमेरमा निधन भएको छ । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपाकिा वडा नम्बर ९ भर्तापुर निवासी कुवँरको जन्म वि. सं. १९९० पौष २७ गते काठमाडौमा भएको थियो । १०९० मा नेपालमा गएको महा भुकम्का बेला उहाँको जन्म भएको पारिवारीक स्रोतले जनाएको छ । वुवा खगनाथ कुवँर र अमा निमादेवी कुवँरको कोखबाट जन्म लिनुभएका कुवँर युवा अवस्था देखिनै सामाजिक राष्ट्रिय हितका लागि आफ्नो जीवन समर्पण गर्नुभएको थियो । अर्घाखाँची जिल्लाको अडगुरीमा आफ्नो वाल्यकाल विताउनुभएका कुवँर २००७ सलामा राणाहरुको विरोधमा चिठिपत्र बोकी भारतको कलकत्ताबाट विरोध सुरु गर्नुभएको थियो । त्यस्तै उहाँले वि.सं. २०१५ साल पछि पञ्चायतमा देश निकाला भई प्रवासी जिवन पनि बिताउनुभएको थियो ।

नेपाली राजनितिका प्रजातान्त्रिक नेताहरु वि पि कोईराला, सुर्वण शम्सेर र गणेशमान लगाएतका कागं्रेस नेतृत्वहरुको नजिक रहेर नेपाली कागं्रेसको राजनितिमा सक्रियताका साथ लाग्नु पनि भएको थियो । स्वर्गिय कुवँरले तत्कालिन समयमा नेपालमा विद्यालय शिक्षाको सवालमा पनि उल्लेख्य योगदान पु¥याउनुभएको सामाजिक अगुवाहरुले बताएका छन् । उहाँले अर्घा, खाँची, बाग्लुङ, पाल्पा लगाएतका जिल्लामा रहि कमान्डर भई काम समेत गर्नुभएको थियो । २०२५ सालमा नेपाल फर्किएर भुमिग रुपमा प्रजातन्त्रको लागि समेत काम गरेको उल्लेख गरिन्छ । त्यस पछिको जिवन शिक्षा क्षेत्र मा समर्पण गर्नुभएका नन्दबाहादुर कुवँरले कपिलवस्तु जिल्लाको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुभएको छ । जिल्लाको गंगाज्योति मावि पथ्थरकोटबाट विद्यालय खोल्ने काममा लाग्नुभएका उहाँ जिनुवा स्थित शुद्धोधन जन जीवन मावि, भर्तापुर प्रावि, बर्दहवा आधारभूत विद्यालय, र चेत्रादेहि विद्यालय खोल्ने काममा पनि अग्रहणी भुमिका खेल्नुभएको थियो ।

त्यस्तै उहाँँले २०७१ सालमा तत्कालिन प्रधानमन्त्री शुशिल कोईरालाबाट प्रजातान्त्रीक सेन्ााँनीको उाधिले पनि सम्मानित हनुभएको थियो । त्यस्तै २०६५ सालदेखि स्वतन्त्र सेनानी संघ कपिलवस्तुको सभापति भई काम समेत गर्दै आउनुभएको थियो । उहाँले तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसााद भटराईका पालमा पनि प्रजातान्त्रिक आन्दोलनका लागि काम गर्नूभएको थियो । स्वर्गीय कुवँरको अन्तिम शर्दान्जली भोली बिहान गरिने पारिवारीक स्रोतले जनाएको छ ।

यसैबिच यता कपिलमुनि सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो वाणगंगाले पनि स्वर्गिय कुवँरको निधन प्रति दुःख व्यक्त गरको छ । रेडियोका अध्यक्ष दुर्गा केसी र सचिव ज्ञानबहादुर कार्कीद्धारा जारी शोक वक्तव्यमा नेपालको प्रजातन्त्र प्राप्ति र शिक्षा क्षत्रमा उहाँले खेलेको भुमिकाको स्मरण गर्दै दिवग्ांत आत्माको चिर शान्तिको कामना गरिएको छ । सुचना तथा संचार क्षेत्रमा पनि उहाँको योगदान रहेको पनि जनाईएको छ । जिल्लाको विकासका लागि मुक्ति सेनानीको  रुपमा रहि कमन गर्नुभएका कुवँरले समाजका धेरै क्षेत्रमा योगदान दिनुभएको रेडियोका अध्यक्ष केसीले बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...