स्थानीय तहका लागि आज उम्मेदवारी दर्ता हुँदै

कात्तिक २७ कपिलवस्तु

मंसिर १४ मा हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन्। उम्मेदवारको सूची आजै प्रकाशन गरिने छ। भोलि उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न प्रदान गरिने छ ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० लालपुरमा वडा अध्यक्ष पदका लागि चुनाव हुँदै छ । जसका लागि आज उमेद्धारी दर्ता हुने जनाईएको छ । वडा अध्यक्ष पदका लागि शिवराज १० मा चुनावी माहोल दुई साता अघि देखि नै तातिसकेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...