अर्घाखाँची प्रिमियर लिग (एपिएल) को उपाधी एम्स स्टारलाई

बिष्णु कुमार आले कार्तिक २७,अर्घाखाँची

अर्घाखाँची प्रिमियर लिग (एपिएल) को तेस्रो संस्करणको उपाधी एम्स स्टारले जितेको छ । फाइनल खेलमा नमस्ते अर्घाखाँचीलाई २६ रनले हराउँदै एम्स स्टारले पहिलो पटक उपाधी जितेको हो । टस हारेर ब्याटिङ्गको निम्तो पाएको एम्स स्टारले १९.५ बलमा सबै विकेट गुमाउँदै ११० रन बनाएको थियो ।

एक सय ११ रनको लक्ष्य सहित मैदानमा उत्रिएको नमस्ते अर्घाखाँची १८.४ बलमा ८४ रनमै अलआउट हुन पुग्यो । जितसँगै एम्स स्टारले नगद १ लाख ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा खुम्चिएको नमस्ते अर्घाखाँचीले नगद ५५ हजारमा चित्त बुझाउनु र्पयो । यस्तै नमस्ते अर्घाखाँचीका सौरभ खत्री प्लेयर अफ द टुर्नामेन्टको रुपमा पुरस्कृत भएका छन् । उनले प्रतियोगीता भरी १६० रन बनाए भने १२ विकेट पनी लिएका थिए ।प्रतियोगीतामा १७५ रन बनाएका एम्स स्टारका सुवास थापा बेस्ट ब्याट्सम्यान, १७ विकेट लिएका नमस्ते अर्घाखाँचीका नवजिवन क्षेत्री बेस्ट बलर र १३ छक्का प्रहार गरेका नमस्ते अर्घाखाँचीका कप्तान मनोज सापकोटा मोस्ट सिक्सेस अफ द टुर्नामेन्ट भए ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी सन्धिखर्कका नगरप्रमुख कमल प्रसाद भुसालले खेल स्वच्छ स्वास्थ्यको लागि अपरिहार्य भएकाले यसको बिकाशमा नगरपालीकाले कुनै कसर बाँकी नराख्ने बताए ।

खेल क्षेत्रमा नगरपालिकाले उदारता देखाएको भन्दै उनले अनुशासित र मर्या्दित भएर खेल्न तथा भविष्य बनाउन खेलाडीहरूलाई सुझाव समेत दिए । कार्यक्रममा नगर(उपप्रमुख ठाकुर कुमार बिकले खेल मैदान टुडिखेलको तारबार संरक्षणका लागी ५ लाख छुट्टाइएको भन्दै केही महिनाभित्र काम हुने उनले जानकारी दिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...