Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

स्वतन्त्र सेनानी कुवँरको लक्ष्मणघाटमा अन्तिम शर्दाञ्जली प्रकट

वाणगंगा अनलाईन कात्तिक २७ कपिलवस्तु

स्वतन्त्र सेनानी संघ कपिलवस्तुका सभापति स्वर्गीय नन्दबहादुर कुवँरको आज लक्ष्मणघाटमा अन्त्यष्टि गरिएको छ । मंगलबार ८६ वर्षको उमेरमा उहाँको निधन भएको थियो । स्वर्गीय कुवँरको अन्तिम शर्दान्जली गर्ने क्रममा उहाँको जीवनी बारे पनि प्रकाश पारिएको थियो ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपाकिा वडा नम्बर ९ भर्तापुर निवासी कुवँरको जन्म वि. सं. १९९० पौष २७ गते काठमाडौमा भएको थियो । १०९० मा नेपालमा गएको महा भुकम्का बेला उहाँको जन्म भएको पारिवारीक स्रोतले जनाएको छ । वुवा खगनाथ कुवँर र अमा निमादेवी कुवँरको कोखबाट जन्म लिनुभएका कुवँर युवा अवस्था देखिनै सामाजिक राष्ट्रिय हितका लागि आफ्नो जीवन समर्पण गर्नुभएको थियो । अर्घाखाँची जिल्लाको अडगुरीमा आफ्नो वाल्यकाल विताउनुभएका कुवँर २००७ सलामा राणाहरुको विरोधमा चिठिपत्र बोकी भारतको कलकत्ताबाट विरोध सुरु गर्नुभएको थियो ।

त्यस्तै उहाँले वि.सं. २०१५ साल पछि पञ्चायतमा देश निकाला भई प्रवासी जिवन पनि बिताउनुभएको थियो । नेपाली राजनितिका प्रजातान्त्रिक नेताहरु वि पि कोईराला, सुर्वण शम्सेर र गणेशमान लगाएतका कागं्रेस नेतृत्वहरुको नजिक रहेर नेपाली कागं्रेसको राजनितिमा सक्रियताका साथ लाग्नु पनि भएको थियो । स्वर्गिय कुवँरले तत्कालिन समयमा नेपालमा विद्यालय शिक्षाको सवालमा पनि उल्लेख्य योगदान पु¥याउनुभएको सामाजिक अगुवाहरुले बताएका छन् । उहाँले अर्घा, खाँची, बाग्लुङ, पाल्पा लगाएतका जिल्लामा रहि कमान्डर भई काम समेत गर्नुभएको थियो ।

२०२५ सालमा नेपाल फर्किएर भुमिग रुपमा प्रजातन्त्रको लागि समेत काम गरेको उल्लेख गरिन्छ । त्यस पछिको जिवन शिक्षा क्षेत्र मा समर्पण गर्नुभएका नन्दबाहादुर कुवँरले कपिलवस्तु जिल्लाको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुभएको छ । जिल्लाको गंगाज्योति मावि पथ्थरकोटबाट विद्यालय खोल्ने काममा लाग्नुभएका उहाँ जिनुवा स्थित शुद्धोधन जन जीवन मावि, भर्तापुर प्रावि, बर्दहवा आधारभूत विद्यालय, र चेत्रादेहि विद्यालय खोल्ने काममा पनि अग्रहणी भुमिका खेल्नुभएको थियो ।

त्यस्तै उहाँँले २०७१ सालमा तत्कालिन प्रधानमन्त्री शुशिल कोईरालाबाट प्रजातान्त्रीक सेनाँनीको उाधिले पनि सम्मानित हनुभएको थियो । त्यस्तै २०६५ सालदेखि स्वतन्त्र सेनानी संघ कपिलवस्तुको सभापति भई काम समेत गर्दै आउनुभएको थियो । उहाँले तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसााद भटराईका पालमा पनि प्रजातान्त्रिक आन्दोलनका लागि काम गर्नूभएको थियो ।
हजारौँको संख्यामा नगारिकहरुको सहभागितामा उहाँको बुधबार बिहान लक्ष्मणघाटमा हिन्दु परम्परा अनुसार अन्तिम सस्कार गरिएको छ । उहाँको अन्त्यष्टिका लागि नेपाली कागं्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमान, पुर्व केन्द्रिय सदस्य दिपकुमार उपाध्याय, जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्य सहित नेपाली कागं्रेस सम्बद्ध विभिन्न कार्यक्रताहरु तथा जिल्लाका अन्य राजनैतिक दलका नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो । त्यस्तै वाणगंगा नगरपालिका भित्रका जनप्रनिधिहरु, विभिन्न विद्यालयका शिक्षक तथा प्रध्यापकहरु, उद्योगी व्यवसायी, संचारकर्मी तथा पत्रकार लगाएतको पनि उपस्थिति रहेको थियो ।

उहाँको पार्थिव शरिरमा नेपाली कागं्रेसका नेता दिपकुमार उपाध्याय र अतहर कमाल मुसलमानले नेपाली कागं्रेसको झण्डा ओडाएर शर्दान्जली प्रकट गर्नुभएको थियो । उहाँको सम्झनामा एक मिनेट मौनधारण पश्चात अन्तिम सस्कार गरिएको हो ।

यसैबिच यता कपिलमुनि सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो वाणगंगाले पनि स्वर्गिय कुवँरको निधन प्रति दुःख व्यक्त गरको छ । रेडियोका अध्यक्ष दुर्गा केसी र सचिव ज्ञानबहादुर कार्कीद्धारा जारी शोक वक्तव्यमा नेपालको प्रजातन्त्र प्राप्ति र शिक्षा क्षत्रमा उहाँले खेलेको भुमिकाको स्मरण गर्दै दिवगंत आत्माको चिर शान्तिको कामना गरिएको छ । सुचना तथा संचार क्षेत्रमा पनि उहाँको योगदान रहेको पनि जनाईएको छ । जिल्लाको विकासका लागि मुक्ति सेनानीको रुपमा रहि कमन गर्नुभएका कुवँरले समाजका धेरै क्षेत्रमा योगदान दिनुभएको रेडियोका अध्यक्ष केसीले बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...