प्रधानमन्त्रीलाई खुट्टा नकमाउन डा.भट्टराईको आग्रह

कार्तिक २७,

परराष्ट्रबिद् डा. दिनेश भट्टराईले सीमा बिवादमा समस्या समाधान गर्न प्रधानमन्त्रीले खुट्टा नकमाउन आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लव प्रदेश ५ द्धारा आयोजित साक्षात्कारमा बोल्दै डा. भट्टराइले सरकारले सबैदलकोसहमति जुटेका बेला भारतसंग कुटनीतिकरुपमा दह्रो कदम चाल्नुपर्ने बताएका हुन् । पूर्वप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार समेत रहेका उनले भारतले नेपालको भूमिमा गिद्दे दृष्टि लगाउन नहुनेमा जोड दिए ।

‘यो विवाद नया होइन,६० बर्षदेखिको हो,अहिलेको सरकार २०१५ सालको भन्दा पनि बलियो दुइतिहाइको छ,राष्टिय सहमति पनि जुटेको बेला भारतीय समकक्षीसंग बार्ता गरेर पनि प्रधानमन्त्रीले नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्छ’ उनले भने ।

सरकारले जनताको पनि मत पाएको छ,सबै दल एक छन् यसैबेला शक्ति देखाउन प्रधानमन्त्रीलाइ उनको आग्रह छ ।उनले नेपालको सीमा विवाद टुंगाउन आफुहरुजस्ता जानकारहरुको पनि सहयोग चाहिए तयार रहेको समेत बताए ।

सीमा विवाद अब कहिलेपनि नदोहोरीने गरि टुंगाउने अवसर समेत रहेको भन्दै उनले नेपालका नेतृत्वको अडान नहुदा भारतले नेपालका नेताहरुलाइ नटेरेको उनको दाबि छ ।तुलसीपुर उच्च अदालत बुटवल बारका अध्यक्ष जोगबहादुर खत्रीले सरकार बलियो भएको प्रमाण भारतलाइ देखाउन आग्रह गरे ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...