Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

शिवराज१० मा ५ स्वतन्त्र सहित १२ जनाको उमेद्धारी दर्ता

वाणगंगा अनलाईन, कात्तिक २७ कपिलवस्तु

मंसिर १४ मा हुने उप निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको छ । सम्बन्धित स्थानीय तह स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाए अनुसार आज बिहान १० देखि दिउसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका तय गरिएको थियो । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० मा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा जिल्लाका सात राजनैतिक दल र ५ स्वतन्त्र उमेद्धारहरु सहित कुल १२ जनाले उमेद्धारी दर्ता गराएका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ठ पार्टी (नेकपा), नेपाली कागं्रेस , समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्ना उमेद्धारको नाम दर्ता गराएका छन् । त्यस्तै पाँच जना स्वतन्त्र उमेद्धारहरुले पनि उमेद्धारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । भण्डारीका अनुसार अध्यक्ष पदका लागि शिवराज १० मा आज महोमद रफीक मनिहार, रामप्रसाद कोरी, शिवनारायण कुर्मी ,शिवलाल यादव र शिवभक्त ठाकुर नाउँले उमेद्धारी दर्ता गराएका छन् । उमेद्धारी दर्ता गराउन निर्वाचन केन्द्रमा राजनैतिक दलहरु उत्साहका साथ उपस्थित भएका थिए । भोलि उम्मेदवारमाथि उजुरी गर्ने तालिका तय भएको छ भने कात्तिक २९ गते नामावली प्रकाशन गरीने जनाईएको छ । त्यस्तै कात्तिक ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न प्रदान गरिने छ । वडा अध्यक्ष पदका लागि शिवराज १० मा चुनावी माहोल दुई साता अघि देखि नै तातिसकेको छ ।
यसैबिच उता गुल्मीको रुरुक्षेत्र गाउँपालिका ६ रिमुवाको वडाध्यक्ष पदमा ३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस,नेकपा र एकजना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । उता नवलपुरको बौदिकाली ५ को वडा अध्यक्षको निर्बाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै घोराही उपमहानगरपालिका वडानम्वर–१६ को वडाध्यक्ष पदका लागि सात जनाले मनोनयन दर्ता गराएका छन् । आउँदो मंसिर १४ गते हुने उप निर्वाचनका लागि घोराही–१६ मा सात जनाले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जिल्लामा क्रियाशील विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जनाले मनोनयन दर्ता गराएको जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...