Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

सामुदायिक रेडियो वाणगंगाको छैठौँ वार्षिक साधारणसभा सम्पन्न ।।

कात्तिक २७ कपिलवस्तु

कपिलमुनि सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो वाणगंगाको छैठौँ वार्षिक साधारण सभा आज बनगाईमा सम्पन्न भएको छ । संस्थाले छैठौ वार्षक साधाणसभा वाणगंगा ७ शिवालय मन्दीर वनगनईमा सम्पन्न गरेको हो

संविधान सभा सदस्य एवम् प्रतिनिधि समा सदस्य अतहर कमाल मुसलमानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सासंद कमालले सुचना र संचार अहिलेको अपरिहार्य विषय बन्न पुगेको हुँदा रेडियो वाणगंगाको उज्वल भविष्यको कामना गर्नुभयो । त्यस्तै उहाँले सूचना र संचारलाई जनमैत्री बनाउँदै निश्पक्ष र शुक्ष्म विषयको पत्रकारीता अहिलेको अपरिहार्यता रहेको बताउनुभयो । अहिले संविधानले नै अधिकार स्थानिय तहलाई बढि प्रदान गरेको भन्दै उहाँले सामाजिक उत्थानका मुद्दाहरुमा केन्द्रित हुन पनि आग्रह गर्नु भयो ।

वि.सं. २०७१ साल असोज १३ गते देखि विधिवत संचालनमा आएको सामुदायिक रेडियो वाणगंगा कपिलवस्तु जिल्लाको वाणगंगा ७ वनगाईमा स्थापना भएको रेडियोले आम जन समुदायमा निपक्ष्य समाचार र कार्यक्रम प्रसारण गर्दै आफनो सफलताको ६ बर्ष पुरा गरेकोे छ ।

साधारण सभा कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले आफ्नै वडा भित्र संचार सस्था हुनु समग्र वडाकै गौरवको विषय भएको भन्दै वडाको तर्फबाट रेडियो संचालनका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो । त्यस्तै उहाँले रेडियोको भवन निर्माणका लागि गत वर्षकै योजनामा २ लाख रकम विनियोजन गरेको हुँदा आगमी वर्ष पनि भवन निर्माणको काममा वडाले पुनः रकम थप गर्ने प्रतिबद्धता जनाउनुभयो ।


सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष दुर्गा केसीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सचिव ज्ञनबहादुर कार्कीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कपिलमुनि समाजिक विकास संस्था द्धारा संचालित सामुदायिक रेडियो वाणगंगाका कोषाध्यक्ष छत्रमणी पाण्डेले आर्थिक वर्ष २०७५÷०७६ को कुल २६ लाख ४२ हजार ४ सय ३१ रुपैयाँ ६० पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । त्यस्तै कर्याक्रममा रेडियो उत्कृष्ट विज्ञापन दाताको रुपमा श्री शिद्धार्थ ट्रेडर्स जितपुरका संचालक नारायण पौडेललाई सम्मान गरिएको छ । त्यस्तै संस्थाका सहयोगी संघ सस्थाहरुबाट साना किसान कृषि सहकारी बनगाई, हिमाली बचत तथा ऋण सहकारी कोपवा र नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कपिलवस्तुलाई पनि सम्मान गरिएको छ । त्यस्तै सोहि कार्यक्रमबाटै कपिलमुनि सामजिक संस्थाद्धारा संचालित सामुदायिक रेडियो वाणगंगाको स्थाय भवन निर्माणमा सहयोग गर्ने दिपक थापा र राजेन्द्र गिरीलाई पनि सम्मान गरिएको छ । त्यस्तै रेडियोमा कार्यरत उत्कृष्ट कर्मचारीको रुपमा समाचार प्रमूख राजेन्द्र खनाललाई पनि सम्मान गरिएको छ ।


कार्यक्रममा दुर्गा बहादुर के.सीको अध्यक्षता रहेको थियो भने नेपाली कांग्रेस प्रतिनिधी सभा सदस्य तथा सांसद अतहर कमाल मुसलवान वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु गिरी बिशिष्ट आथित्यता निवर्तमान अध्यक्ष बिनिराम पौडेल,सल्लाहकार हरिराज घिमिरे,प्रेमनारायण पौडेल,वासुदेव घिमिरे,टिकाराम पौडेल पुर्व कोषाध्यक्ष किशोर वाग्ले दिलिप कार्की  संस्थाका सल्लाहाकार सदस्यहरु, आजिवन सदस्यहरु, कार्यसमितिका पदाधिकारी, रेडियोमा कार्यरत कर्मचारीहरु, स्थानिय संवाददाता लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव ज्ञानबहादुर कार्कीले गर्नु भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...