Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

प्याब्सन वाणगंगाद्धारा आयोजित पब्लिक स्पीकिङ प्रतियोगिताको छनौट चरण सम्पन्न

छत्रमणी पाण्डे कपिलवस्तु

प्याब्सन वाणगंगा नगर समितिको आयोजनामा आज पब्लिक स्पीकिङ प्रतियोगिताको छनौट चरण सम्पन्न भएको छ । वाणगंगा नगरपालिका भित्रका प्यावसनमा आबद्ध विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहेको थियो । कार्यक्रममा प्यावसन वाणगंगा नगर अध्यक्ष राजु अधिकारीको अध्यक्षता एवम् प्यावसन जिल्ला उपाध्यक्ष सन्दर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यस्तै कार्यक्रममा प्यावसन जिल्ला सल्लाहाकार बासुदेभ घिमिरे र वाणगंगा नगर सल्लाहाकार रोमकान्त घिमिरेको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा वाणगंगा नगरपालिका भित्रका विभिन्न विद्यालयका ८ जना विद्यार्थीहरु पब्लिक स्पीकिङ प्रतियोगिताको लागि छनौठ भएका छन् । आज छनौठमा परेका विद्यार्थीहरुले भोली अर्थात शुक्रबार हुने जिल्ला स्तरिय प्रतियोगितामा भाग लिने बताइएको छ । आज सम्पन्न छनौट प्रतियोगिता कार्यक्रममा खडानन्द गौतम र डि बि थापाको संचालनमा सम्पन्न भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...