Archives


स्वर्गीय ढुङ्गानाको संझानामा कागं्रेस वाणगंगा १ द्धारा शोक सभा सम्पन्न

कात्तिक २८ कपिलवस्तु

नेपाली काग्रेस वाणगंगा नगर वडा नम्बर १ कार्यसमितिले आज कागं्रेसका पुराना नेता स्वर्गीय कोतप्रसाद ढुङ्गानाको सम्झनामा शोक सभा सम्पन्न गरेको छ ।

वि.सं. १९८६ भदौ १९ गते जन्मनुभएका ढुङ्गानाको कात्तिक २२ गते निधन भएको थियो । नेपाली कागं्रेसले एक असल र स्वाभिमानी व्यति गुमाएको भन्दै कागं्रेस वडा नम्बर १ ले दुःख प्रकट गरेको छ ।

स्वर्गी ढुङ्गाना निवास स्थित जितपुरमा आयोजित शोक सभामा नेपाली कागं्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवान, वाणगंगा नगरपालिकका प्रमुख मंगल प्रसाद थारु सहित कागं्रेस नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...