पर्यटकको आकर्षण बन्दै देउराली टोल

रामबहादुर गन्धर्व कात्तिक २९ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ बनकसीया स्थित देउराली टोल अन्तरिक पर्यटकको अकर्षक विन्दुको रुपमा विकास हुँदै गएको छ ।

शिवालय मन्दिर, दुर्गा मन्दिु सँगै सपादेउराली मन्दिर समेत रहेको सो स्थानमा खानेपानी तथा सार्वजनिक शौचालय पनि निर्माण गरिएको छ । विभिन्न औपचारीक कार्यक्रमहरुको आयोजनाका लागि देउराली सामुदायिक भवन रहेको देउराली टोल विकास सस्थाका अध्यक्ष एवम् सामाजिक अगुवा रामप्रसाद न्यौपानेले बताउनुभयो । स्थानिय युवा तथा सामाजिक अगुवाहरुको आर्थिक सहयोग तथा श्रमको उपायोग गरी सो स्थानको विकास गरिएको छ ।

हाल सम्म मन्दिर तथा सो स्थानको सुन्दरीरणका लागि कुनै पनि सरकारी निकायबाट आर्थिक सहयोग भने नभएको न्यौपानेले बताउनुभयो । तर पनि बनकसीयामा रहेको एउटा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ लागिएको स्थानियले बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...