मेरिटद्धारा एक दिवसीय सहकारी शिक्षा शिविर सम्पन्न

कार्तिक ३० गते

एकताका लागि सबै सबैका लागि एक भन्ने मुल मन्त्रका साथ एक दिवसीय सहकारी शिक्षा शिबिर मेरिट बचत तथा ऋण सहकारी संस्था लि वाणगंगा ७ बनगाईले वाणगंगा ८ लौगाई वाणगंगा बहुमुखी क्यापसको सभाहलमा सम्पन्न गरेको छ ।
सहकारी शिक्षाका बिषयमा वडा अध्यक्ष भुषालले सहकारी शिक्षाको महत्वको बिषयमा उहाँले वाणगंगा मा.वि स्नातक तहमा अध्यन गर्ने प्रथम बर्ष देखि चौथो बर्ष सम्म अध्यन गर्ने बिद्यार्थीहरुको सहभागिता रहेको थियो । सोकार्यक्रममा उहाँले सहकारीका गतिबिधीका बिषयमा सहजीकरण गर्नु भएको थियो ।
सहजीकरण गर्दै सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिने गरेको छ । यस अर्थमा एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आफ्नो आर्थिक उन्नतीका लागि दुई वा दुई भन्दा बढी व्यक्तिहरू मिली आ आफ्नो आयको केहि अंश नियमित रुपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो।ृ३े सहकारीलाई औद्योगीकरणको उपज मान्न सकिन्छ। नेपाली बृहत् शब्दकोशका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजि भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रुपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजि तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ ।
सहकारीको उद्देश्य
यसको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो। सामुहिक रुपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ। समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य उद्देश्य रहेको छ। सहकारीको उद्देश्यलाई निम्न भागहरूमा बाड्न सकिन्छ ।
उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरमा समानरुपले आर्थिक उपलब्धिहरुको वितरण गरी सदस्यहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य हो । यस्तो न्यायोचित धनको वितरणबाट समाजका कमजोर एवम् विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ भने अर्को्तिर उनीहरूले सामाजिक न्याय र समानता पाउँछन्।


आर्थिक उद्देश्य
सदस्यहरुलाई विभिन्न आयमूलक, सीपमूलक एवम् उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरू प्रदान गरी उनीहरुको आर्थिक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हो। सहकारी संस्थाले आफ्ना सदयहरूको आर्थिक विकासका लागि विभिन्न आर्थिक योजना तथा कार्यक्रमहरु सञ्चालन गरी त्यसमा उनीहरुलाई सहभागी गराउने गर्दछन। कुनै पनि सदस्यलाई जात(जाति, धर्म, लिङ्ग, वर्ण्रावर्ग, स्तर आदिको दृष्टिले भेदभाव नगरी समानरुपले आर्थिक कारोवार गर्ने, जस्तो ९बचत गर्ने, ऋण लिने, नाफा प्राप्त गर्ने०, व्यवसाय सञ्चालन गर्न क्रियाकलाप स्वतन्त्ररुपले सञ्चालन गर्न आर्थिक स्वतन्त्रता प्रदान गर्नु पनि सहकारीको प्रमुख आर्थिक उद्देश्य मानिन्छ।
समाजमा व्याप्त गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय(अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गर्नु पर्ने हुन्छ । मानवीय सङ्गठन भएकोले यसले मानिसहरुमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरूको विकास गर्दछ । सहकारीले आफ्ना आर्थिक कारोवारबाट बचत भएको रकमको केही अंश सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार, गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले एउटा शिक्षित समाजको निर्माण गर्दछ ।
हाल मेरिट बचत तथा ऋण सहकारीले बराबरको सेयर पुजी ४ करोड ४७ लाख र २० करोड वरावर कारोवार बनगाईमा प्रधान कार्यालय कोपवा चानम्वरमा सेवा केन्द्र रहेको संस्थाका व्यवस्थापक गोबिन्द के.सीले बताउनु भयो ।
कार्यक्रममा मेरिट बचत तथा ऋण सहकारी अध्यक्ष टिकाराम पौडेलको अध्यक्ष्यता वाणगंगा वडानम्बर ८ का वडा अध्यक्ष गुणानिधी भुषालको प्रमुख आतिथ्यता वाणगंगा बहुमुखी क्यापसका क्यापस प्रमुख डिबी रेस्मी वाणगंगा मा.विका प्राचार्य कुलराज पौडेल शिक्षक ओम प्रकाश घिमिरे,स्विययु सभापति माधव पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...