Archives


दाङमा बेवारिसे अवस्थामा हतियार तथा गोली गठ्ठा फेला परेको प्रहरीको भनाइ

कात्तिक ३०

दाङबाट कपिलवस्तु स्थानान्तरण गर्न लागिएको अत्याधुनिक हतियार छाडेर नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका कार्यकर्ताहरु भागेका छन् । बेवारिसे अवस्थामा हतियार तथा गोली गठ्ठा फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीले निरन्तर निगरानीमा राखेको र छापा हान्न प्रहरी पुगेको सूचना पाउना वित्तिकै विप्लवका कार्यकर्ता हतियार छाडेर भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।

प्रदेश ५ प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले शिवराज नगरपालिका – १ कालाकाटे क्षेत्रको एक खाली गोठमा लुकाएर राखेको अवस्थामा पाँच थान एसएमजी राइफल, १३ थान म्याग्जिन, त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद गरेको साहले बताए ।

सुटकेशभित्र पात पतिङ्गरले छोपेको अवस्थामा एसएमजी राइफल भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि राजपुर–४ मगरैनाबाट विप्लवका केन्द्रीय नेतासहित २१ जनालाई पक्राउ गरेको थियो ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...