दाङ र कपिलवस्तु जिल्लाको सीमा क्षेत्रबाट दाङ प्रहरीले ठुलो परिमाणमा हतियार बरामद गरेको छ ।
कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं १ स्थित खाली गोठबाट प्रहरीले नेत्रविक्रम चन्द समुहका एसएमजी लगायत हातहतियारसहित ३ सय ९० राउण्ड गोली फेला पारेको छ ।
गोप्य सूचनाको आधारमा शुक्रबार साँझ गएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र गढवा ईलाका प्रहरी कार्यालयको संयुक्त टोलीले दाङको गढवा गाउँपालिका र कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्वर १ को सिमानाबाट राईफलको म्याग्जिन १३ थान, राइफलमा प्रयोग हुने ३ सय ९० राउण्ड गोली, एसएमजी राईफल ५ थान, हतियार राख्न प्रयोग हुने सुटकेश १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिएका छन् ।
बेवारिसे अवस्थामा रहेको एक खाली गोठमा सुटकेश भित्र राखेर त्यसलाई झारपातले छोपेर लुकाई राखेको अवस्थामा हातहतियार फेला परेको प्रहरीले जनाएको छ । गत असोज ३० गते प्रहरीले दाङको गढवा गाउँपालिकाको नेपाल–भारत सीमा नाका क्षेत्रवाट विप्लवका दाजु ‘बीरजंग’सहित राप्ती व्यूरोका २१ नेता कार्यकर्ता पक्राउ गरेको थियो