महिला माथि दुर व्यवहार गर्ने प्रहरी हवल्दार निलम्बन ।।

तौलिहवा कपिलवस्तु ।

मादक पदार्थ सेवन गरी महिला माथि दुव्र्यवहार गर्ने प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले निलम्बन गरेको छ । बुधवार सांझ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार बल बहादुर जि.सी.ले सदरमुकाम तौलिहवा पुरानो हाट वजार स्थित एक रेस्टुरेन्ट संचालक महिला उपर दुव्र्यवहार तथा हातपात गरेको आरोपमा निलम्बनमा परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनु भयो ।

प्रहरी हवल्दार बल बहादुर जि.सी.ले अन्यत्रैबाट रक्सी सेवन गरी आफ्नो रेष्टुरेन्टमा आई आफुलाई लछार पछार गरी दुव्र्यवहार गरेको रेष्टुरेन्ट संचालक महिलाले बताईन् । प्रहरी हवल्दार जिसी प्रहरी पोशाकमा थिए । मादक पदार्थ सेवन गरेका प्रहरी हवल्दार जि।सी।ले आफ्नो संवेदनशील अंगमा समेत प्रहार गरी कुटपीट गरेको रेष्टुरेन्ट संचालक महिलाको आरोप छ । प्रहरी हवल्दारले रेष्टुरेन्टको टेबल, कुर्सी समेत तोडफोड गरेका छन् ।
निलम्बनमा परेका प्रहरी हवल्दार जि.सी.को घटना माथि थप अनुसन्धान भई रहेको र उनलाई नियम अनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक मल्लले बताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...