सङ्घीयतामा अबको पत्रकारिता विषयमा लुम्बिनीमा समाचार महोत्सव ।।

लुम्विनी १ मङ्सिर

सङ्घीयतामा अबको पत्रकारिता कस्तो हुनुपर्दछ भन्ने विषयमा केन्द्रित रहेर लुम्बिनीमा समाचार महोत्सवकोआयोजना गरिएको छ ।बुद्ध जन्मस्थल लुम्बिनीमा मंसिर १ गते देखि शुरु भएको महोत्सव तीन दिन सम्म चल्नेछ ।
कार्यक्रमको समुद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश बलियो नभए संघीयता नै नहुने बताएका छन् ।‘प्रदेशको ढाँचा र अधिकार हुँदै नभए त्यो संघीयता नै होइन,’ बुद्ध जन्मस्थलीमा लुम्बिनी न्युज फेस्टिवल २०७६ को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेल भन्नु भयो संघीयताले नै मुलुक बलियो बताउनु भयो ।
संघीयताको बिषयमा मुलुकमा अझैपनि गलत सन्देश दिने कोशिष भैरहेको भन्दै उहाँले सकारात्मक विचारका साथमा अघि बढ्न उनको आग्रह छ । देश विकासको लागि मिडियाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
सूचना प्रविधिलाई अवसरको रुपमा बदल्ने गरी अबको ध्यान केन्द्रीत हुनुपर्ने उहाँले बताउनु भयो । पोखरेलले अबको पत्रकारिता द्विविधामा रहनुपर्ने अवस्था छैन, अधिकार विहीन नागरिकहरु समृद्धिको आधार बन्न सक्दैनन्, अबको अभियान भनेको समद्धिको अभियान हो ।’ उहाँले भन्नु भयो ।
उहाँले लुम्बिनी, लुम्बिनी क्षेत्रको लागि मात्रै नभएको भन्दै विश्वभरका मानिसहरुको लागि लुम्बिनी साझा शान्तिको थलो समेत भएको बताउनु भयो ।

महोत्सवमा देशभरिका पत्रकारिता क्षेत्रका विज्ञहरु, सम्पादकहरु र पत्रकारहरुबीच फरक फरक विषयमा छलफल हुने आयोजक लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले जानकारी दिनु भयो ।
महोत्सवमा सहभागी हुन देशै भरबाट करिब ३०० मूलधारका सम्पादक तथा प्रदेश ५ का प्रायः सबै जिल्लाबाट सञ्चारकर्मीहरु उपस्थीती रहेको छ । उक्त छलफलमा मुख्य वक्ताका रुपमा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपाल, शिव गाउँले, वरिष्ठ पत्रकार मोहन मैनाली र नागरिक दैनिकका प्रदेश नं ५ ब्यूरोप्रमुख रेखा भुसाल लगायतले बोलेका थिए ।
महोत्सवमा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्षहरु किशोर नेपाल, शिव गाउँले, विष्णु निष्ठुरी, वरिष्ठ पत्रकार मोहन मैनाली, शुभाष ढकाल, शुभशङ्कर कँडेल, नारायण वाग्ले, रघु मैनाली लगायतको विषयगत प्रस्तुति रहनेछ ।
महोत्सवले नेपाल सरकारले आगामी वर्षका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचारप्रसारमा टेवा पुयाउने र प्रदेश नं ५ को मुख्य पर्यटकीय गन्तव्यका रुपमा रहेको लुम्बिनी र यस सँग सम्बन्धित क्षेत्रहरुको प्रचारप्रसारमा महत्वपूर्ण उपलब्धि हुने लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष नरेश केसीले बताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...