मृत्युमार्ग’ भनेर चिनिने सिद्धबाबामा देशकै दोस्रो सुरुङ्ग मार्ग बन्ने

वाणगंगा अनलाईन मंसिर ३ 

मृत्यु मार्ग भनेर चिनिने बुटवल(तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रको पहिरो छल्न सरकारले सुरुङ मार्गको प्रकिया अघि बढाएको छ।

यो सडक खण्डमा पर्ने सिद्धबावा क्षेत्र पहिरोको कारण अति जोखिमपूर्ण मानिन्छ । हरेक मौसममा यात्रुले त्रास नै त्रासका बीचमा सो सडक पार गर्नुपर्ने बाध्यता रहेको छ ।

दुर्घटनाको खतरालाई ध्यानमा राख्दै अब सो क्षेत्रमा सुरुङ्गमार्ग बन्ने भएको छ । सुरुङमार्ग निर्माणलाई अघि बढाउने मन्त्रिपरिषद्‍ले बाटो खोलिदिएपछि अर्थमन्त्रालयले १० अर्ब रुपैयाँको सहमति दिएको छ।

मंसिर १ मा बसेको मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग निर्माणका लागि प्रकिया अघि बढाउन सहमति दिएको थियो। यसअघि १५ कात्तिक २०७६ मा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले डिजाइन निर्माण तथा संचालनको लागि आवश्‍यक १० अर्ब १५ करोड रुपैयाँ सुनिश्‍चितता गर्न आग्रह गरेको थियो। यो प्रस्ताव अर्थमन्त्रालयले आइतबारको मन्त्रिपरिषद् बैठकमा लगेपछि स्वीकृति पाएको हो।

मन्त्रिपरिषद्‍बाट स्वीकृति प्राप्त भएपछि अर्थमन्त्रालयले बहुवर्षीय ठेक्काको माध्यममबाट काम अगाडि बढाउन सहमति दिएको छ। अर्थमन्त्रालयले सहमति प्रदान गरिएको पत्र सोमबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा पठाएको छ।

बहुवर्षीय ठेक्का मापदण्ड २०७६ बमोजिमको प्रक्रिया पूरा गरी विस्तृत आयोजना प्रतिवेदनअनुसार डिजाइन निर्माण तथा संचालन कार्य अघि बढाउन अनुमति दिइएको हो।

सुरुङमार्ग बनाउन अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै वार्षिक बजेटमा १० अर्व १५ करोडको सीमाभित्र रहेर बहुवर्षीय ठेक्काको माध्यमबाट निमार्णको खरिद प्रकृया अगाडि बढाउन निर्णय अनुसार अनुरोध गरेको सडक विभागका महानिर्देशक केशव शर्माले बताउनुभयो ।

सिद्धबाबा नेपालको दोस्रो सुरुङ्ग मार्ग

प्रधानमन्त्री केपी शर्माओलीले कार्तिक ४ गते देशकै पहिलो नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको शिलान्यास गर्नुभयो। अब सिदार्थ राजमार्गको सिद्धबाबा मा देशकै दोस्रो सुरुङ्गमार्ग बन्ने सडक विभागका महानिर्देशक शर्माले बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...