समान प्रकृतिका सहकारीको एकरुपता र एकिकरणका लागि प्रयास

वाणगंगा अनलाईन, मंसिर ४ बोडगाउँ

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ मा समान प्रकृतिका सहकारी एकरुपता तथा एकिकरणका लागि पहल थालिएको छ । छरिएर रहेका सहकारीहरुको रणनैतिक योजना र सहकारीको उद्देश्य प्राप्तिका लागि वडा नम्बर ८ मा रहेको कृषि बहुउद्धेश्यि सहकारी संस्था लि. को आयोजनामा मंगलबार अन्र्तक्रिया गरिएको संस्थाका उपाध्यक्ष तथा सहकारी बजारका संयोजक कृष्ण प्रसाद न्यौपानेले जानकारी दिएका छन् । हाल वडा नम्ब्र ८ मा समान प्रकृतिका सहकारीको संख्या ५ वटा रहेको छ । कार्यक्रममा कृषि बहुउद्धेश्यि सहकारी संस्थाका अध्यक्ष सुर्य प्रसाद पौडेलको अध्यक्षता सहित वडा नम्बर ८ का वडा अध्यक्ष एवम् जिल्ला सहकारी संघका अध्यक्ष गुणनिधि भुषालको प्रमूख आतिथ्यता रहेको थियो ।

सम्पन्न अभिमुखिकरण तथा अन्र्तक्रियामा वाणगंगा दुग्ध सहकारीका अध्यक्ष तथा जिल्ला दुग्ध सहकारी सघंका योजक राधेशयाम न्युपानेको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा उज्वल महिला सहकारी संघका अध्यक्ष गंगा केसी, बुद्धदर्शन महिला कृषी सहकारी संस्थाका अध्यक्ष कल्पना कुवँर,वडा नम्बर ८ का वडा सदस्य शिव प्रसाद पाण्डे, जन ज्योति माविका प्रअ विष्णु प्रसाद भण्डारी लगाएतको आतिथ्यता रहेको थियो ।

कृषि बहुउद्धेश्यि सहकारी संस्थाका उपाध्यक्ष तथा सहकारी बजारका संयोजक कृष्ण प्रसाद न्यौपानेको स्वागत तथा सस्थाका सचिव लक्ष्मी कडेलको संचालनर वडा अध्यक्ष गुणानिधि भुषालको सहजिकरणमा सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...