Archives


वाणगंगा ९ का युवा व्यावसायीलाई घाँसको बिउ वितरण

वाणगंगा अनलाईन, मंसिर ४ भलवाड

बाणगंगा नगरपालिका वडा नमबर ९ भलवाडमा वडाका युवा व्यवशायीहरुका लागि घाँसको विउ वितरण गरिएको छ । अगुवा कृषक तथा अन्य कृषकहरुलाई घाँस उत्पादनमा आत्म निर्भर बनाउन बिउ बितरण गरिएको वडा अध्यक्ष ध्रुव वेल्वासेले बताए ।

विषादी रहित स्वच्छ घाँस उत्पादन गर्ने उद्धेश्यले भलवाडमा घाँसको बिउ वितरण गरीएको हो ।
घाँसको बिउ बितरण कार्यक्रममा वडा न.९ अन्तर्गत रहेको ९ वटा टोल बिकास संस्थाका अध्यक्ष र व्यवशायिक रुपमा भैंसी फर्म तथा गाई फर्म संचालनमा लागेका उधमी कृषकहरुलाई बर्षिम जात र जई जातको करीव ४ सय केजी घाँसको बिउ वडाध्यक्ष ध्रुव वेल्वासे,वडा सदस्य नुमलाल थारु र वडा सचिव सन्तोष कुमार बैठाले संयुक्तरुपमा प्रदान गरेका थिए । १ केजी बिउबाट १ कठ्ठा बराबरलाई घाँस खेती गर्न पुग्ने र एक पटक उत्पादन भएपछि ५देखि ६ पटकसम्म राम्रो उत्पादन हुनुका साथै पशुले दूधको मात्रा बढाउने गर्दछ ।

दाजुभाइ भैसी फर्म जिनुवाका उधमी व्यवशायी भिमार्जुन पौडेल र लोकराज वेल्वासेले आफूरुहरुले वडाबाट भैसीपालन व्यवशायलाई घाँसको बिउ सहयोग गरेकोमा खुशी व्यक्त गरेका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...