प्रदेश सांसद बिष्णु पन्थीको नेतृत्वमा मुख्य सरोकारवालाको टोली निरिक्षण गर्दै

वाणगंगा अनलाईन कपिलवस्तु,  मंसिर ४

कपिलवस्तुको बाणगंगा यतिबेला विकास निर्माणका हिसावले प्रदेशका केहि महत्वपूर्ण स्थानीयतह मध्येमा पर्दै गरेका वखत अन्तराष्ट्रिय स्तरमा समेत महत्व राख्ने एक प्राकृतिक मनोरम युक्त बिशाल पार्क पनि  बन्ने भएको हो । सोही पार्ककालागि कहाँ के कति जमिन उपलब्ध गराउन सकिन्छ भनेर  जग्गा खोज्न प्रदेश सांसद बिष्णु पन्थीको नेतृत्वमा मुख्य सरोकारवालाको टोली निरिक्षण गर्दै हिड्न थालेको छ ।

यसै क्रममा मंगलवार  कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठ , बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल ,बाणगंगाका प्रमुख प्रशासकीय  अधिकृत कृष्ण प्रसाद सापकोटा , बाणगंगा नगर शिक्षा अधिकृत बाबुराम भटराई, जिल्ला बन अधिकृत इश्वरी पौडेल ,मालपोत अधिकृत ऋषिराम पौडेल सहितको टोली स्थलगत अनुगमनमा खटिएको हो । सो टोलीमा राष्ट्रिय अनुसन्धान अधिकृत , जिल्ला शिक्षा समन्वय अधिकारी ,नापी अधिकृत ,बाणगंगा वडा नं ८ का वडा अध्यक्ष गुणानिधि भुसाल सहित रहनु भएको छ ।

टोलीले साविक मोतिपुर ,गजेहडा र बाणगंगाका विभिन्न खुला चौर ,रुख नभएका बुट्यान क्षेत्र ,नदी उकास क्षेत्र लगायतको खाली जमिनको अवलोकन गरेको थियो ।

अर्कोतर्फ प्रदेश ५को राजधानी सैनामैना र कपिलवस्तुको बाणगंगा समेटेर बनाउने चर्चा चलिरहेका वखत बाणगंगामा राजधानी आएमा कहाँ जग्गा दिन सकिएला भनेर समेत मुख्य सरोकारवाला सहित भ्रमण गरिएको आकलन गर्न गाह्रो छैन ।

जग्गाको खोजीको पहिलो  प्राथमिकतामा भने एक अन्तराष्ट्रिय स्तरको मनोरम पार्क वनाउनु नै रहेको स्पष्ट पार्नु भयो । उहाले राजधानी चाहियो भनेर कपिलवस्तु  नवोलेपनि यहि हुन्छ भन्दै राजधानीकालागि जग्गाको कमी वाणगंगामा नरहने वताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...