स्वर्गीय कुवंरको सम्झनामा नेपाली कांग्रेसद्धारा आज शोकसभा सम्पन्न ।।

वाणगंगा मंसिर ४, भलवाड

स्वतन्त्र सेनानी संघ कपिलवस्तुका जिल्ला सभापति रहनुभएका स्वर्गीय नन्द बहादुर कुवंरको सम्झनामा नेपाली कांग्रेस क्षेत्र नं. १ ले आज कुवँर निवास भलवाडमा शोक सभा गरेको छ । स्वर्गीय कुवँरको गत कात्तिक २६ गते आफ्नै निवासमा निधन भएको थियो । आज नवौँ दिनको स्मृतिमा आयोजित शोक सभामा उहाँले पु¥याएको योगदानको बारेमा चर्चा गरिएको थियो । स्वर्गिय कुवंरले नेपााली कांग्रेसमा रही राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि गरेको अतुललनिय योगदान सम्झदै समाज तथा देश विकासमा ठुलो योगदान पु¥याएको बताएका थिए । उहाँको निधनले समग्र नेपाली कांग्रेसका कार्यक्रताहरु मर्माहत भएको समेत बताएका छन् ।

स्वर्गिय नन्दबहादुर कुवंरका कान्छा छोरा दिपक कुवंरले आफ्ना बाबुका ऐतिहासिक कामहरुको बारेमा जानकारी गराउँदै उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सम्पन्न शोक सभामा नेपाली कागं्रेसका नेता तथा पुर्व राजदूत दिपकुमार उपाध्याय सहित कागं्रेस क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, महासमिती सदस्य हरिराज घिमिरे, महिला संघ केन्द्रिय सदस्य ईन्दिरा भट्राई, पुर्व क्षेत्रीय सभापति लोकनाथ शर्मा, पुर्व जिल्ला सदस्य पदम खनाल, पुर्व जिल्ला सभापति राजेश आचार्य, समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य नारायण खनाल लगायतले स्वर्गीय कुवंरको निधन प्रति दुःख व्यक्त गर्दै उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । साथै शोकाकुल परिवारजन प्रति धैर्यधारणको शक्ति प्रदानका लागि पनि कामना गर्नुभयो ।

शोक सभामा काग्रेंस क्षेत्रीय सभापति अब्दुल मन्नान खाँको सभापतित्व, नेपाली कांग्रेस वाणगंगा ९ वडा सभापति दिपक थापाको स्वागत एवम् वडा सचिव चुरामणि अर्यालको सञ्चालन रहेको कार्यक्रममा रेडियो वाणगंगाका अध्यक्ष दुर्गा केसीको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा १ सय बढि कांग्रेसका नेता तथा कार्यकताहरु सहित स्थानियहरुको उपस्थिति रहेको थियो । स्वर्गीय कुुवरको जन्म बि.सं १९९० मा भएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...