ओमान विरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित

वाणगंगा अनलाईन असोज २३

पाँच राष्ट्र सहभागी टि(ट्वान्टी अन्तर्रा्ष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमानले नेपाललाई छ विकेटले पराजित गरेको छ । नेपालले ओमानलाई दिएको ६५ रनको लक्ष्य ओमानले ११.५ ओभरमा चार विकेटको क्षतिमा पुरा र्गयो । ओमानका सुरज कुमारले ४२ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमात्रै बनाउन सक्यो । नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा नेपाल झिनो रनस्कोरमा समेटिएको हो । आरिफ शेखले २० रन बनाउनुबाहेक अरु कसैले राम्रो प्रर्दशन गर्न सकेनन् ।
कप्तान पारस खड्काले पाँच रन बनाउँदै उपकप्तान दिपेन्द्रसिहं ऐरी १०, करन केसीले आठ, सोमपाल कामी आठ,विनोद भण्डारी चार,इसान पाण्डेले दुई, सन्दीप लामिछानेले दुई र अविना बोहराले दुई रन बनाए । सन्दीप जोराले खाता नै खोल्न सकेनन् । नेपाली इनिङ कमजोर बनाउने क्रममा ओमानका अमिर खलिमले पाँच विकेट लिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...