कृष्णनगरका २० वर्षिय युवक मंगलबारदेखि वेपत्ता

कपिलवस्तु, ५ मंसिर ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ गुर्चिहवा बस्ने २० वर्षिय बलिराम मुराउ मंगलवार साँझ देखी सम्पर्क बिहिन भएका छन । आफन्तको भनाई अनुसार मंगलवार साँझ पल्टीना मोटरसाइल लिएर कृष्णनगर बजार गएको र राती अबेरसम्म घर नफर्केपछि बलिरामलाई खोज तलास गर्दा मदरहनिया गाँउ को उत्तर र शिवानगर गाँउ को दक्षिण कच्ची सड़क खण्डमा मोटरसाइल मात्र भेटाएको थियो। मोटरसाइलको लाइट फुटेको अवस्थामा भेटीए पनि उनि अहिले सम्म पनि फेला नपरेको ओमकार मुराउले बताए । स्थानिय बासी तथा प्रहरीद्वारा खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय कृष्णानगरले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...