क्षेत्री समाज नेपाल कपिलवस्तुले कालापानीको बिषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश ।।

वाणगंगा अनलाईन  मंसिर ५ कपिलवस्तु

नेपालको कालापानी लगायतका क्षेत्र भारतबाट प्रकाशित नक्सामा भारत तर्फ राखिएको घटना प्रति क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुले गम्भिर ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

विभिन्न समयमा विभिन्न क्षेत्रका सीमा रेखाहरु नाघेर भारतीयहरुबाट नेपाली भू–भागहरुमाथि कब्जा जमाउने, नेपालीहरुलाई आफ्नो घरबासबाट खेद्ने, सीमा क्षेत्रमा अग्ला बाँधहरु ठड्याएर नेपाली भू–भागहरुलाई डुबानमा पार्ने जस्ता अमानवीय कार्यहरु हुँदै आएको जनाउँदै क्षेत्री समाज नेपाल कपिलवस्तुले बिहिबार प्रमूख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ मार्फत प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापन पत्र पठाएको हो । क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष देवेन्द्र कुमार क्षेत्रीद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ,“भरत सरकारबाट प्रकाशित यो तथाकथित नक्सा हामी आम राष्ट्रवादी नेपालीहरुलाई मान्य छैन, यो आपत्तिजनक विषय हो ।” त्यस्तै नेपाल सरकारले विज्ञप्ति निकालेर चुप लागेर बस्ने नभई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको पनि क्षेत्री समाजले जनाएको छ । सरकारले यथाशिघ्र कुटनितिक माध्यमबाट वार्ता गरी नेपाली भूमी भरतीय नक्साबाट हटाउनु पर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । आफ्नो मातृभूमीको रक्षा र राष्ट्रिय अखण्डताका लागि आम क्षेत्रीहरु जुनसुकै कदम उठाउन पनि पछि नपर्ने जनाउँदै भरतीय पछिल्लो कदम पनि क्षेत्री समाज नेपाल कपिलवसतुले घोर निन्दा एवम् भत्र्सना गर्दै खेद प्रकट पनि गरेको छ ।

नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलखबहादुर पछाईको रोहवर तथा  क्षेत्री समाज नेपाल कपिलवस्तुका अध्यक्ष देबेन्द्र कुमार क्षेत्रीको पोख्रेलको नेतृत्वमा  ज्ञपान पत्र बुझाउन जिल्ला प्रशासन कार्यलयमा पुगेको टोलीबाट ज्ञापन पत्र बुझ्दै प्रमूख जिल्ला अधिकारी श्रेष्ठले आफूले यथाशिघ्र ज्ञपान पत्र प्रधानमन्त्री समक्ष पु¥याउने प्रतिबद्धता जनाउनुभएको क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुका सचिव ज्ञानु कार्कीले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझाउन क्षेत्री समाज नेपालका केन्द्रिय समिति सदस्य दुर्गा केसी, विष्णु टण्डन सहित, प्रदेश ५ बरिष्ठ उपाध्यक्ष मेयर सिँह कुवँर, प्रदेश ५ सदस्य हेम केसी, जिल्ला कार्यसमितिका बरिष्ठ उपाध्यक्ष बमबहादुर केसी, महिला उपाध्यक्ष मन्जु महतत्रा, सचिव ज्ञानु कार्की, क्षेत्री समाज नेपाल कपिलवसतुका सस्थापक सदस्य नारयण सिंह लगाएतको सहभागिता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...