नेपाल स्काउटको विटिएस र पिटिएस तालिम बुद्धभुमिमा सम्पन्न । ।

मंसिर ५ कपिलवस्तु

नेपाल स्काउट को ४ सय २४ औँ ४ सय २५ औँ विटिसि एवम् ३ सय १६ औँ र ३ सय १७ पिटिसि तालिम आज बुद्धुभुमि नगरपालिका वडा नम्बर १ टिक्करमा सम्पन्न भएको छ ।

कात्तिक ३० गते देखि सुरु भएको सो तालिम आज सम्पन्न भएको हो । श्री मणि अम्मर आधारभूत विद्यालय बुद्धभुमि १ टिक्करमा आयोजित तालिम नेपाल स्काटउ जिल्ला कार्यालय कपिलवस्तुको सहयोग एवम् समन्वय र बुद्धभुमि नगरपालिकाको आयोजनामा संचालन गरिएको थियो । कार्यक्रममले बुद्धभुनि नगरपालिका भित्रका सबै विद्यालहरुमा कार्यरत ७४ जना शिक्षकहरुलाई सो तालिम प्रदान गरिएको थियो । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो । यसको स्थापना वि‍सं २००९ सालमा भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्य समितीका प्रमुख नारायण खनालले नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।

सम्पन्न तालिममा बुद्धभुमि नगरपालिकाका नगर प्रमूख केशव कुमार श्रेष्ठले विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने गरी सबै विद्यलयका शिक्षक शिक्षिकाहरु पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर प्रमूख श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक नारायण खनाल, नगरपालिकाका शिक्षा शाखा प्रमूख लिलबहादुर राउत, स्काउटका प्रमूख प्रशिक्षक सुरज खनाल, मोविला खड्का, लिला श्रेष्ठ, सम्भुराज शर्मा , वडा अध्यक्ष तिलक बस्नेत, रेडियो वाणगंगाका स्टेशन म्यनेजर गणेश पोख्रेल, प्रेस युनियनका जिल्ला सचिव मणी गैरे, पत्रकार दिपक अनुरागी,ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक सुवास खड्का लगाएतको आतिथ्यता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...