Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

उप–निर्वाचनमा उत्तरकुमार ओलीको खोजी , स्वर्गीय ओलीको पहलमा पश्चिम दाङमा ६३ करोड ७९ लाख वजेट विनियोजन

वाणगंगा अनलाईन मंसिर ६ 

पश्चिम दाङमा चुलिएको चुनावी सरगर्मीकै बेला पूर्वसांसद उत्तरकुमार वलीले गरेको विकासको बारेमा चौतर्फि प्रशंसा भएको छ । पश्चिम नेपालकै अभिभावक र सम्भावना बोकेका नेताको रुपमा चर्चा पाउँदै गर्दा गत माघमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

सो क्षेत्रमा उपनिर्वाचनका लागि उत्तरकै श्रीमती विमला वलीले नेपाली काँग्रेसका केशव आचार्यसँग सामना गर्दै हुनुहुन्छ । चुनावी प्रचारमा उम्मेदवार विमला वलीले उत्तरको सपना पुरा गर्ने लक्ष्यका साथ राजनीतिमा होमिएको बताउँदै गर्दा उत्तर वलीले पश्चिम दाङका लागि के कस्ता कार्यक्रम गरेका थिए रु अहिले चौतर्फि चर्चा भएको छ ।

प्रदेश सरकार प्र्रदेश नं ५ ले दाङ प्रदेश ३ ९ख० अन्तरगत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक विकासका लागि विनियोजन गरिएको कार्यक्रम अन्तरगत जम्मा रु। ६३ करोड ७९ लाख विनियोजन गरिएको छ । मुख्यमन्त्री एवं आर्थिक तथा योजनामन्त्रीका स्वकिय सचिव शुरेश गौतमका अनुसार तत्कालिन सांसद उत्तर वलीकै पहलमा आर्थिक वर्ष २०७६÷७७ का लागि मात्रै ६३ करोड ७९ लाख बराबरको कार्यक्रम विनियोजन गरेको छ ।

वलीले पश्चिम दाङको विकासका लागि १० वटा भन्दा बढि शिर्षकमा ६३ करोड बजेट प्रदेशको आंकडामा धेरै बजेट रहेको उहाँले बताउनुभयो । सबै भन्दा धेरै सडक तथा पुल निर्माण कार्यक्रम अन्तरगत रु। २७ करोड १४ लाख विनियोजन गरिएको छ ।

शहरी पूर्वाधार विकास कार्यक्रम अन्तरगत रु। १ करोड, भूमिगत स्यालो तथा डिप ट्युवेल सिँचाई कार्यक्रम अन्तरगत रु। ५ करोड ३० लाख विनियोजन गरिएको छ भने, सघन सिँचाई कार्यक्रम अन्तरगत रु। २ करोड ६७ लाख विनियोजन गरिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...