११ औं संस्करणको कपिलवस्तु महोत्वको तयारी तिव्र

वाणगंगा अनलाईन कपिलवस्तु ६ मंसिर

आगामि मंसिर १९ गतेबाट सरु हुने ११ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७६ को तयारी तिव्र रुपमा अगाडि बढेको छ । कपिलवस्तुको चार नम्बर जितपुर स्थित बुद्ध रंगशालामा ‘युवा क्षमतामा अभिबृद्धि, कृषि र पर्यटनमा सम्बृद्धि’ नारा का साथ सुरु हुने महोत्वमा हालसम्म ७५ प्रतिशत स्टाल बुकिगं भैसकेका छन् । २५० देखि ३०० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ ।
जिल्लामा रहेका ऐतिहासिक ,पुरात्विक स्थलहरुको प्रचार प्रसार गर्ने , ओझेलमा परेका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने, कला संस्कृतिलाई जगेर्ना गर्ने, स्थानीय स्तरमा उत्पादन भएका वस्तुको बजार प्रबद्र्धन गर्ने, महोत्सवबाट आउने आम्दानी संघको भवन निर्माण गर्ने, बाणगंगा वेयलफेयर सोसाइटीको कोष बृद्धि गर्ने , अनाथ बालवालिकालाई सहयोग गर्ने उद्धेश्यले महोत्सव संचालन भएको मेलाका निर्देशक तथा बाणगंगा स्पोर्टस एण्ड वेयलफेयर सोसाइटीका महासचिव दिनेश बहादुर क्षेत्रीले वताउनु भयो ।महोत्सवमा वृद्धलाई प्रवेश शुल्क नलाग्ने व्यवस्था गरेको महासचिव क्षेत्रीले वताउनु भयो ।
मेलामा कृर्षि स्टललाई प्राथमिकतामा राखेको छ भने युवा लक्षित होटल म्यानेजमेन्ट , व्युटिसियन , व्यवसायिक कृर्षि , बैक , लागु औषध सम्बन्धि सचेतनामुलक कक्षा समेत सञ्चालन गरिने भएको छ । मेलाको मुख्य आकर्षणको रुपमा राष्ट्यि कलाकारहरु प्रकाश सपुत , आस्थ राउत , सुगम पोख्रेल , प्रमोद खरेल ,कमला घिमिरे लगायत अन्य थुप्रै कलाकारको बेजोड प्रस्तुती रहेको आयोजकले बताएको छ । ९ औँ डान्स आईडललाई १ लाख ११ हजार १ सय ११ , फस्ट रनर अफलाई ६६ हजार ६ सय ६६ , सेकेन्ड रनर अफलाई ४४ हजार ४ सय ४४ , थड रनर अफलाई २२ हजार २ सय २२ राशिको पुरस्कार रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...