मुलुकको आर्थिक बिसङ्गती अन्त्य गर्ने सभापति शाहको भनाई

वाणगंगा अनलाईन बुटवल मंसिर ६

सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले मुलुकमा बढिरहेको आर्थिक बिसङ्गती समाप्त हुने बिश्मास व्यक्त गरेका छन् । १० बर्ष पहिलेदेखिको गोलमाल भएको हिसाब मिलान,कारबाहि,असुल उपर,बेरुजु फस्र्यौट,माफि लगायतका प्रकृयामा समिति क्रियाशिल रहेको भन्दै आर्थिक बिसंगति समाप्त हुने बताए ।

रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले आर्थिक बिसंगतिका कारण मूलुक मन्दिकोे अवस्था रहेको जिकिर गरे । उनले भने ‘यहि अवस्था रहिरहे नेपालको आर्थिक अबस्था एक दिन गल्र्याम—गुर्लुङ ढल्नसक्छ,राज्यको ढुकुटी सरकारले जथाभाबि पैसाबाढेर रित्तायो,मनपरि खर्च बढेको छ,सरकारले ट्याक्स बढाउने काम बाहेक अरु केहि गरेन ।’सरकारले गरेका एकएक कामको लेखाजोखा भैरहेको भन्दै उनले कुनैपनि पदमा रहेकालाई आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नहुने बताए । अर्थ मन्त्रालयले मनोमानी गरेर अन्तशुल्क स्टिकर छपानका लागि ४ अर्ब बराबरको टेण्डर बिदेशी कम्पनीलाई दिएको भन्दै नेपाली कम्पनीलाइ नै टेण्डर दिन निर्देशन दिएको जानकारी गराए ।

समितीले सिमेन्ट कम्पनीहरुमाथि पनि छानबिन गरिरहेको जानकारी दिदै उनले ओपिसि सिमेन्टको गुणस्तरमा समेत समितिको ध्यान गएको बताए । वाइडबढी,एनसेल लगायतमा अख्तियारले कारबाही गर्न नसकेको भन्दै अख्तियार पनि सरकारकै आदेश अनुसार चल्ने गरेको उनको आरोप छ । कांग्रेस नेता समेत रहेका शाहले सरकारले सीमा बिबादमा एक बिज्ञप्ति बाहेक अन्य ठोस पहल केहि नगरेकोमा आपत्ती जनाउदैे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोडफोडको राजनीति नगर्ने भन्दै सरकारले गल्ती कमजोरी सच्चाएर अघि बढ्नुपर्ने बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...