वडा नम्बर ५ खरको छाना मुक्त हुँदै

वाणगंगा अनलाईन, मंसिर ७ कोपवा

अहिले स्थानिय तहहरुले धमाधम चालु वर्षका लक्ष्ति वर्गका कार्यक्रम सँगै विकास योजनाका कामहरु पनि संचालन गरिरहेका छन् । त्यसमा पनि तराईका ग्रामिण बस्तिहरुमा सदियौदेखि रहेका खरका छानाहरु हटाई आफ्नो वडालाई खरको छानोमुक्त बनाउने अभियान अहिले कपिलवस्तु जिल्लाका धेरै वडाहरुमा संचालन भईरहेका छन् । सोहि अनुसार आईतबार अर्थात भोली जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडालाई खरको छानामुक्त अभियान स्वरुप खरको छाना हटाउने अभियानको सुरु गर्न लागेको छ ।

वडा नं ५, कोपवाको आयोजनामा बाणगङ्गा नगरकै एक नमुना एवं गरिब तथा निमुखा जनता लक्षित योजना अन्र्तगत “खरको छाना मुक्त गराउन भएको छ खडा, हामी गरिबका लागि ५ नं वडा“ भन्ने नाराका साथ वडालाई खरको छाना मुक्त गराउने तयारी थालिएको वडा अध्यक्ष भिष्मराज भुषालले जानकारी दिए । कार्यक्रमको भोलि एक बिशेष समारोहका बिच सुरु गरीने वडा अध्यक्ष भुषालले बताए । गरिबको घरमा टिनको छाना लगाई समुद्घाटन गर्ने कार्यक्रम कोपवा गाउँ अन्र्तगतको (पुर्व टोल) मा बिहान ७.३० बजे आयोजना गरिएका वडाले जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका सबै जनप्रतिनिधिहरु, स्थानिय राजनितिक दलका प्रतिनिधिहरु,लगाएतको उपस्थित रहने पनि भुषालले बताए । भोली वडा नम्बर ५ कोपवा स्थित एक खरको छाना भएको घरमा जस्तापाता लगाएर कार्यक्रमको उद्धघाटन गरिने भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...