माटो सुहाउँदो काम गर्ने कृषि मन्त्री भुषालको दृढता 

मंसिर ७, बुटवल

मन्त्री भएपछि धन्यावाद ज्ञापन गर्न गृहजिल्ला रुपन्देही आएका कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषाले देशको माटो सुहाउदो विकास गर्ने दृढता व्यक्त गरेका छन् । रुपन्देहीको भैरहवा, मणिग्राम फर्सा्टिकर लगायतका स्थानमा कार्याकर्ता तथा शुभेच्छुकहरुको भेटघाटमा व्यस्त रहेका मन्त्री भुषालले गरिबी निवारण, विकास, उत्पादन र उत्पादकत्व वृद्धि जस्ता कुरा कृषि क्षेत्रसँग जोडिएकोले कृषिमा क्रान्ति नभएसम्म समाजवादमा पुग्न नसकिने पनि दावी गरे ।
मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कृषिमन्त्री भुसालले मुलुकको कृषि प्रणाली परम्परागत रहेकाले यसलाई तोड्नैपर्ने आवश्यकता औंल्याउँदै उनले भने–“परम्परागत र निर्वाहमुखी कृषिप्रणाली तोडेर व्यावसायिक कृषि नगरेसम्म कृषि क्रान्ति सम्भव छैन ।”
मन्त्री भएपछि पहिलोपटक गृहनगर आएका भुसालले आफ्नो ध्यान परम्परागत कृषिप्रणाली तोड्नेतर्फ नै हुने बताए । विकास सजिलो कुरा नभएको तर यो सम्भव रहेको भन्दै मन्त्री भुसालले कृषि क्षेत्रमा रहेको श्रम शक्तिलाई कृषि क्रान्तिमा रुपान्तरण गर्ने आफ्नो योजना रहेको सुनाए । जिम्मेवारी निर्वाह गरिरहँदा आफू कुनै लोभ र डरबाट भने प्रभावित नहुने उनले प्रतिबद्धता पनि जनाएका छन् ।
आफूमाथि जनताले गरेको ठूलो अपेक्षाप्रति संकेत गर्दै कृषिमन्त्री भुसालले आफूमाथि क्रृणको दायरा अझै बढेको बताए । कृषि क्षेत्रको विकास नभएसम्म मुलुकको प्रगति संभव नभएकोले प्रधानमन्त्रीले कृषि मन्त्रालय सम्हाल्न आग्रह गरेको र आफूले त्यो आग्रहलाई सहर्ष स्वीकारेको पनि मन्त्री भुसालले स्पष्ट पारेका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...