मेरिट बचत तथा ऋण सहकारीको नेतृत्व खनाललाई 

वाणगंगा अनलाईन मंसिर ७ बनगाई

मेरिट बचत तथा ऋण सहकारी संस्थाको ८ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आज सम्पन्न भएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ७ घेरवा बनगाई स्थित सनराईज गार्डेन रिसोर्टमा आयोजित साधरण सभामा सस्थाका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता तथा वाणगंगा नगरपालिकाका उप प्रमूख चक्रपाणी अर्यालको प्रमूख आतिथ्यता रहेको थियो । सम्पन्न साधारण सभामा सस्थाका कोषाध्यक्ष मित्रलाल शर्माले मेरिट बचत तथा ऋण सहकारी संस्थाको गत एक वर्षको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो भने सस्थाका सचिव कृष्ण केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको छ । यसैबिच मेरिट बचत तथा ऋण सहकारी संस्थाले विष्णु प्रसाद खनालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिको पनि अधिवेशन सम्पन्न गरको छ । खनालको अध्यक्षता सहित उपाध्यक्षमा मित्रलाल शर्मा, सचिवमा ओम प्रकाश घिमिरे, कोषाध्यक्षमा नारायण वेल्वासे चयन हुनुभएको छ । अन्य भने सदस्यमा चयन हुनुभएको सस्थाले जनाएको छ ।

साधारण सभा तथा अधिवेशनकै अवसरमा आगमी कार्यकालका लागि नेत्र पाण्डेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि चयन भएको छ । जसको सदस्यमा राजु अधिकारी र गोविन्द पौडेल चयन हुनुभएको छ । सोहि अवसरमा संस्थाले मेरिट बचत तथा ऋण सहकारी संस्थाका सदस्य एवम् प्यावसन केन्द्रिय कमिटिका सचिवालय सदस्य सर्वेन्द्र देव खनाल र प्यावसन वाणगंगा नगर कमिटिका अधयक्ष राजु अधकारीलाई सम्मान पनि गरको छ ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...