Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

साना किसान भलवाडको २०औँ साधारण सभा सम्पन्न

मंसिर ७ भलवाड

साना किसान कृषि सहकारी संस्था भलवाडको २० औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभा कार्यक्रममा प्रमूख आतिथिको रुपमा उपस्थित हुनुभएका प्रदेश साँसद विष्णु पन्थीले गाउँमा रहेका किसानहरुलाई गा्रमिण अवश्यकता पुरा गर्न बैंकिक रुपमा सहजै रुपमा किसानको घर आँगनमा सहजैरुपमा वित्तीय सुविधा पु—याएको बताउनुभयो ।

त्यस्तै उहाँले संस्था बलियो भए यस क्षेत्रको बिकास दिगो र बलियो हुने भन्दै संस्थाको भौतिक संरचना पुन निर्माणको लागि जनप्रतिनिधीको रुपमा सहयोग गर्ने प्रतिवद्धता जाहेर पनि जाहेर गर्नुभयो । साथै भलवाड कृषि क्षेत्रमा सम्भावना भएको स्थान भएकाले सिचाईको समस्या पुरा हुने र कृषिको लागि मल,बिउ उपलब्ध गराउने दावि पनि गर्नुभयो ।

त्यस्तै कार्यक्रममा विशेष अतिथी तथा नेपाल कृषि सहकारी सहकारी संघ केन्द्रिय सञ्चालक प्रदेश ५का संयोजक नर बहादुर घर्ती मगर कृषिमा व्यावशायिककरण गर्नुपर्ने ऋणीले संस्थाबाट ऋण लिएपछि उद्धेश्य अनुरुप कार्य गर्नुपर्ने जस्ता कुरामा बोलेका थिए ।साधारण सभामा जिल्ला सहकारीका उपाध्यक्ष तेज प्रसाद आचार्य,वडाध्यक्ष धुर्व वेल्वासे,साना किसान बुद्धभूमिका उपाध्यक्ष चुरामणि पोख्रेल,भलवाड स्वास्थ्य चौकी प्रमुख जित बिकास रायमाझी,शेयर सदस्य मिलन बुढा मगर,गीता बि.क. लगमयतले २०औ साधारण सभाको सफलताको शुभ कामना दिएका थिए ।साधाण सभामा संस्थामा नियमित बचतकर्ता,बाल बचतकर्ता, पेन्सन वचतकर्ता,विशेष बचतकर्ता,जेष्ठ नागरीक,एकल महिला वचतकर्ता,पूर्व सञ्चालक समिती,पूर्व लेखा समितिलाई प्रशंसा पत्र,मायाको चिनो र दोसल्ला ओढाएर संस्थाले सम्मानित गरेको थियो ।यस्तै कार्यक्रमा संस्थाका पुर्व लेखा समितिका सदस्य बाबुराम रायमाझि सहित अन्य पनि सम्मानित हुनुभएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष कुमार मधु वेल्वासेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रवन्धक मान कुमारी गरीले आर्थिक वर्ष ०७५—७६को कुल १४ करोड ६१ लाख ५२ हजार बराबरको आय —व्यय सार्वजनकीकरण गर्नु भएको थियो । साथै लेखा समिति सदस्य कविता पौडेलले संस्थाको लेखा प्रतिवेदन पेश गर्र्नु भएको थियो ।कार्यक्रम संस्थाका अध्यक्ष कुमार मधु वेल्वासेको अध्यक्षता माननिय प्रदेश साँसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम उपाध्यक्ष दिपक वस्नेतको स्वागत र सदस्य बिन्द्र गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको थियो ।यस संस्थामा १हजार ८ शय २८ शेयर सदस्य आवद्ध रहेका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...