सामुहिक बलात्कारका मुख्य अभियुक्त ३ वर्षपछि पक्राउ

कपिलवस्तु,  मंसिर ८

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर १ मा ३ वर्ष अघि भएको सामुहिक बलात्कार घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् ।

घटना पछि फरार भएका मायादेवी गाउँपालिका वडा नम्बर १ का २१ वर्षीय कलामुद्दिन मुसलमान सुटुक्क घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले बताए ।

घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउँपालिका वडा नम्बर १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यस अघि नै पक्राउ परेका थिए । बाँकी तीन जना फरार रहेकोमा शनिबार मुख्य अभियुक्त पक्राउ परेको डीएसपी मल्लले बताए ।

२०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपािलका –१ पकडीको सिसौ बारीमा स्थानीय एक युवतीमाथि सामुहिक बलात्कार गरेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...