Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

फुसको छानो हटाउने अभियान वाणगंगा ५ ले गर्यो सुरुवात ।।

वाणगंगा अनलाईन कपिलवस्तु मंसिर ८, 

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा पहिलो पटक वडा नम्बर ५ ले नयाँ कामको सुरुवात गरेको छ । आफ्नो वडाभित्र रहेका गरिब तथा विपन्न वर्गका नागरिकहरुको छानो फेर्ने अभियानका साथ आईतबार वडा नम्बर ५ ले खरको छानो मुक्त वडा बनाउने अभियानको सुरुवात गरेको छ । “खरको छाना मुक्त गराउन भएको छ खडा, हामी गरिबका लागि ५ नं वडा“ भन्ने नाराका साथ वडालाई खरको छाना मुक्त गराउने अभियान अन्र्तगत आज सो कार्यक्रमको उद्धघान गरिएको हो ।

कार्यक्रममा पाँच नम्बर प्रदेश सभा सदस्य विष्णु पन्थीेले प्रदेश सरकारले पनि जनता आवस कार्यक्रम संचालन गरको बताउँदै आधारभूत वर्गको आवस्यकतालाई मध्यनजर गर्दै तीनै तहका सरकार लागिरहको बताए । त्यस्तै उनले वाणगंगा नगरपालिमा वडा नम्बर ५ ले पहिलो पटक गरिबको घरको छानो फेर्ने अभियान स्वरुप वडालाई खरको छानो मुक्त बनाउने कामको सुरुवात उल्लेखनिय कार्य भएको पनि सुनाए ।

कर्यक्रममा जिल्ला समन्वय समितिकि उप प्रमूख तारावती कुमारी चौधरीले वडाले गरको काम प्रति प्रशंसा गर्दै आगमी दिनमा पनि वडा नम्बर ५ ले जनताको मर्म र भावनालई बुझेर योजना बनाउनुपर्नेमा जोड दिईन ।

वडा नम्बर ५ कोपावा पूर्व टोल स्थित बसन्ति यादवको खरको छानामा जस्ता पाता लगाई आज खरको छानो मुक्त वडा बनाउने अभियानको सुरुवात गरिएको छ । यादव परिवार लामो समय देखि खरको छानो मुनि नै जीवन विताईरहेका थिए । यादव सँगै वडा नम्बर ५ मा करिब ४० घर परिवार अहिले पनि खरको छानोमुनि जीवन विताईरहका छन् । क्रमिक रुपमा वडाले वडाका खरको छानो भएका सबै परिवारलाई जस्ता पाता वितरण गर्ने वडा अध्यक्ष भिष्मराज भुषाले बताए । यसैबिच वडा नम्बर ५ ले आज सोहि वडाबाट निरन्तर पत्रकारिता क्षेत्रमा कलम चालउँदै आउनुभएका दलित पत्रकार रामबहादुर गन्धर्वलाई एक सेट मोवाईल फोन प्रदान गरेको छ । गन्धर्वलाई प्रदेश साँसद पन्थी सहित वाणगंगा नगरपालिकाका उप प्रमूख चक्रापणी अर्यालले मोवाईल सेट हस्तान्त्रण गर्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ झण्डा टोेल विकास समितिका अध्यक्ष भरत कार्कीको अध्यक्षता सहित त्यस्तै टोल विकास संस्थाका सदस्य सन्तोष घिमिरेको स्वागत र वडा सचिव दिपक पाण्डेको संचालनमा सम्पन्न भएको छ । कार्यक्रममा वाणगंगा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका नेता कार्यक्रताहरु, स्थानिय अगुवाहरु, सहित जिल्लाका क्रियाशिल पत्रकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसैबिच एक फरक कार्यक्रम मार्फत वडा नम्बर ५ भित्रका वालविकास देखि कक्षा ५ सम्मका दलित तथा विपन्न र असाहय विद्यार्थीहरुलाई न्यानो कपडा स्वरुप एक एक थान स्इिटर वितरण गरको छ । वडा भित्रका दुई वटा विद्यालयहरु महेन्द्र उच्च मावि केपावा, र झण्डा मावि मा अध्ययन गर्ने ४ सय बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा महेन्द्र माविका प्रधानाध्यापक कामता प्रसाद थारुले वडाले गरिब विपन्न वालबालिकाहरु लक्ष्ति कार्यक्रम ल्याएकोमा धन्यवाद दिए । उनले यस्तो कार्यक्रम निरन्तर संचालन हुनुपर्ने पनि बताएका छन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जिवी गिरीको अधयक्षता एवम् वाणगंगा नगरपालिकाका प्रमूख मंगल प्रसाद थारुको प्रमूख आतिथ्यता र वडा सचिव दिपक पाण्डेको संचालनमा सम्पन्न भएको हो । उता झण्डा मावि मा भरत कार्कीको अध्यक्षता एवम् वडा अध्यक्ष भिष्मराज भुषालको प्रमूख आतिथ्यता र सचिव दिपक पाण्डेको संचालनमा सम्पन्न भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...