उपचुनावको लागि दाङमा दुई हजार सुरक्षाकर्मी परिचालन हुने

वाणगंगा अनलाईन मंसिर ८ 

यहि मंसिर १४ गते दाङमा हुन लागेको उपचुनावको लागि २ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । दाङमा उपचुनाव प्रदेशसभाका लागि र वडाध्यक्षका लागि हुन लागेको छ ।

प्रदेशसभाका लागि निर्बाचन क्षेत्र नम्बर ३ को (ख) र वडाध्यक्षका लागि घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा उपचुनाव हुन लागेको छ । जसको सुरक्षाका लागि २ हजार सुरक्षाकर्मी परिचालन हुने जिल्ला सुरक्षा समिति दाङले जनाएको छ ।

जस्का लागि २२ स्थानमा अस्थायी क्याम्प नै राखेर सुरक्षाकर्मी परिचालन गरिने भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी दुई हजार सुरक्षाकर्मी परिचालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

२ हजार सुरक्षाकर्मीसँगै २६ वटा सवारीका साधान समेत प्रयोग गरेर सुरक्षाकर्मी परिचालन हुने उहाँको भनाई छ । यही मंसिर १४ गते हुने उपनिर्वाचनलाई भयरहित र मर्यादित बनाउन आबश्यक सुरक्षा रणनीति प्रभावकारी बनाईएको समेत प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।

निर्वाचन हुने क्षेत्रहरुमा अहिले पनि गस्तीमा सुरक्षाकर्मीहरु खटि सकेका छन् । सुरक्षित निर्वानका लागि सुरक्षा संबेदनशिलताका आधारमा सुरक्षाको जनशक्तिको व्यवस्था समेत गरिएको सुरक्षा समितिले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...