Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

भीरबाट लडेर एकजनाको मृत्यु

वाणगंगा अनलाईन मङ्सिर ९

अर्घाखांची जिल्लाको भूमिकास्थान नगरपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।  भूमिकास्थान नगरपालिका  ९ डेभाका स्थानीय ७० वर्षीय जगबहादुर नेपाली घर नजिकैको भीरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।

सधैं मदिरा सेवन गरेर हिँड्ने उनी मदिराका कारण  भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...