नेपालगन्ज विमानस्थल परिसरमा निर्माणाधीन परियोजनाको निरीक्षण गर्दै 

वाणगंगा अनलाईन मङ्सिर ९ 

नेपालगन्ज स् नेपालगन्ज–दिल्ली सिधा हवाई सेवा अन्योलमा परेको छ। गतवर्ष नागयरिक उड्डयन प्राधिकरणले एक वर्षभित्र नेपालगन्ज–दिल्ली हवाई सेवा सुरु गर्ने उद्देश्यले नयाँ टर्मिनल भवन र पार्किङ विस्तार सुरु गरेको जनाएको थियो। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालगन्ज दिल्ली उडानका लागि अझैं पनि रुटकै समस्या भएको बताए।

‘आगामी माघभित्र उडान गर्ने हाम्रो तयारी थियो। त्यसका लागि अस्थायी टर्मिनल भवन निर्माण पनि थालेका हौं’, उनले भने, ‘हवाई रुटमा अझै समझदारी हुन सकेको छैन। यो हाम्रोभन्दा उच्च तहको कुरा हो। भारतीय पक्षले हामीले मागेको रुटमा ट्राफिक डेन्सिटी धेरै भएको भनेर दिएको छैन।’

बुद्ध एयरले दिल्लीमा उडान भर्ने अनुमति लिन जाँदा सानो जहाजका लागि स्लट नै नदिएको प्र्राधिकरणले जनाएको छ। ‘ठूला जहाज चल्ने विमानस्थलमा सानो जहाज उडाउन नदिने प्रचलन हुन्छ। त्रिभुवन विमानस्थलमा हामीले पनि दिएका छैनौं’, उनले प्रष्ट पारे। रुटका अलावा भारतीय पक्षले सुरक्षा पनि अर्को कारण देखाएको छ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सर्वाजनिक गरिएको विमानस्थल गुरुयोजनामा पनि दील्ली उडानलाई सम्बोधन गरेको छैन।

मन्त्री भट्टराईले पनि नेपालगन्ज–दिल्ली उडानको प्रयास जारी राखेको बताए पनि तर कहिलेसम्म उडान सुरु गर्न सकिन्छ भन्ने बारे प्रस्टसँग बताउन सकेनन्।

‘हाम्रो सम्पूर्ण संयन्त्र नेपाल र भारतको विभिन्न नाकाबाट हवाई रुटको निम्ति पहल गरिरहेका छौं। नेपालगन्ज र कञ्चनपुर पनि मागेका छौं। यी दुई वटा महत्वपूर्ण छन् भनेर मागेका हौं। उहाँहरु सकारात्मक नै हुनुहुन्छ। जब हामी रुटहरु पाउँछौं सहज रुपमा उडान भर्नेछौं।

’संघीय संंसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदी, बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज ‘अथक’, प्रदेश ५ का मन्त्री आरती पौडेल, प्रदेशसभा सदस्य आइपी खरेल, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डाधवल शम्शेर राणा, कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतलगायतले नेपालगन्ज–दिल्ली उडानको व्यवस्था गर्न माग गरेका थिए।

मेयर राणाले भने, ‘मन्त्री ज्यूले नेपालगन्ज दिल्ली–उडानमा के भइरहेको स्पष्ट पार्नुपर्‍यो। एकैपटक पाँच सात वटा रुट मागेपछि नेपालगन्ज उडान प्रभावित भएको हामीले सुनेका छौं। हामीले पनि थाहा पाउनुपर्‍यो रु ’ नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम क्षेत्रको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रको विकासमा मद्दत पुुग्ने उनीहरुको दाबी थियो।

२०१७ सालमा नेपालगन्ज विमानस्थल स्थापना भएको हो। सुरुमा यो विमास्थल खजुरामा थियो। २०३० सालमा राँझामा जग्गा अधिग्रहण गरेर ३१ असार २०३७ देखि नेपालगन्ज विमास्थलमा सेवा सुरू गरेको हो। प्राधिकरणका अनुसार अहिले दैैनिक एक हजार पाँच सय जनाले काठमाडांैं, हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा, रूकुमलगायतका जिल्लामा उडान भर्दै आएको छ।

प्राधिकरणले नेपालगन्ज विमानस्थलको दीर्घकालीन विकास र विस्तारका लागि २० वर्षे गुरूयोजना सार्र्वजनिक गरेको छ। जसमा २० वर्षभित्र ठूला जेट विमान उडान सक्ने महत्वकाँक्षी योजना छ।

प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाले प्रस्तुत गरेको गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ। लक्ष्यमा पुग्न जग्गा अधिग्रहणबाहेक १२ अर्ब ५० करोड रूपैयाँ लागत लाग्ने अनुमान छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...