सन्धिखर्क -गोरुसिङ्गे सडक १० दिन बन्द हुने 

वाणगंगा अनलाईन÷अर्घाखाँची संवाददाता मंसिर ९ अर्घाखाँची

अर्घाखाँची जोड्ने मुख्य सडक गोरुसिङ्गे सन्दिखर्क सडक १० दिनका लागि बन्द हुने भएको छ । नरपानी देखि घुम्टी सम्मको सडकका साघुरा घुम्टीहरु फराकिलो गराउने योजना अनुसार १० दिनका लागि बिहान ७ बजे देखी ११ बजे सम्म र दिउसो १ बजे देखी ४ बजे सम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय शिवपुरले जनाएको छ । आज सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको संयोजकत्वमा यातायात ब्यवसायी सँगको छलफलले सडक निर्माणको लागि बन्द गर्ने निर्णय भएको हो । सडक साघुरो तथा धेरै घुम्टिहरु भएकोले बढ्दो दुर्घटना न्युनिकरणको लागि सडक चौडा गर्न सडक बन्द गर्नु परेको बताईएको छ । रातीमा तथा दिउसो २ घण्टा भने सडक सञ्चालन हुने जनाइएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...