नालीमा डुवेर बालिकाको मृत्यु

कपिलवस्तु मंसिर ९,

कपिलवस्तु जिल्लाको यशोधरा गााउपालिका ३ बसन्तपुरमा नालीमा डुबेर एक बालिकाको ज्यान गएको छ । झब्बर प्रसाद तिवारीकी डेढ बर्षिय छोरी सम्झना तिवारीको मृत्यु भएको हो । बालिका तिवारी नालीमा मृत अवस्थामा फेला परेकी थिईन । घरको किनारमा रहेको नालीमा खसेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो । शवलाई पोस्टमार्टमका लागि तौलिहवा अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...