लक्षित वर्गका योजनामा वडा नम्बर ८ केन्द्रित ।। विभिन्न लक्षित समुहलाई सामग्री वितरण ।।

मंसिर १० कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ८ ले आफ्नो वडा भित्रका विभिन्न वर्गका लक्षित समुदायका लागि उनीहरुको जिविका र जीवन स्तरलाई सहजता प्रदान गर्ने उद्धेश्यका साथ विभिन्न सामग्रीहरु वितरण गरको छ ।

वडा नम्बर ८ भित्रका दलित समुदायका नागरिकहरुको जिविकालाई व्यवसय मुखि बनाउने उद्धेश्यका साथ नौमति बाजा संरक्षण समिति मधुवनलाई नौमति बाजा प्रदान गरिएको छ ।

त्यस्तै वडा नम्बर ८ मा रहेका मगर पञ्चेबाजा समुहका लागि पनि वडाले उनीहरुको मौलिक पोशाक प्रदान गरको छ । सो समुहका लागि ११ सेट पोशाक प्रदान गरिएको वडा अध्यक्ष गुणानिधि भुषालले बताउनुभयो । त्यस्तै वडा भित्र रहेर विभिन्न कारणले अपाङ्गता भएका ७ जनालाई ह्इिल चियर प्रदान पनि गरीएको वडा अध्यक्ष भुषाले वाणगंगा अनलाईनलाई जानकारी दिनुभयो ।

अफूहरुले वडा भित्रका नागरिकहरुको दैनिकी र जीवन निर्वाहको पद्धतिलाई ध्यानमा राखेर दैनिक व्यवहारमा प्रयोगमा जोड दिने कार्यक्रममा योजना बनाइएको वडा अध्यक्ष भुषालले वाणगंगा अनलाईन सँग बताउनुभयो । त्यस्तै उहाँले लक्षित वर्गका कार्यक्रमलाई उनीहरको जिविका सँगै जोडेर लैजान सके मात्रै हरेक क्षेत्रका नागरिकहरुको व्यवसायमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । वडाले गरको कामले नागरिकको दैनिक जीवनमा टेवा पुग्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा वडा अध्यक्ष गुणानिधि भुषाल सँगै वडा समितिका पदाधिकारीहरु, दलित सजालका प्रतिनिधि लगाएत लक्षित वर्गका नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव तेजराज अर्यालले गर्नुभएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...